कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशकै सर्वोत्कृष्ट

कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशकै सर्वोत्कृष्ट

दार्चुला : कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिम प्रदेशमा सर्वोत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले मातहतका कार्यालय प्रमुखहरु बीच आर्थिक वर्ष २०८१÷०८२ मा गरेको कार्य सम्पादन सम्झौता बमोजिम जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशमा सर्वोत्कृष्ट भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विकले शुक्रवार भौतिक तथा भर्चुअल माध्यमबाट एक वर्षको कार्य सम्पादन प्रगति समीक्षा कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी कार्यालयका प्रमुखहरुले आ–आफ्नो कार्यालयले गत आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्ममा सम्पादन गरेका कार्यहरुको प्रगति विवरण प्रदेश प्रहरी प्रमुख समक्ष प्रस्तुतिकरण गरेका थिए ।

कार्य सम्पादन सम्झौता बमोजिम कार्य गर्नेमा जिल्ला प्रहरी कार्यालय दार्चुला उत्कृष्ट भएको हो । जसमा जिल्ला प्रहरी कार्यालयले ९०.९८ प्रतिशत अंक ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख विकले सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई बधाईसहित आगामी दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *