दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

दुहुँ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

दार्चुला : संघीय सरकारको सरुवा अनुसार दिनेश जोशी दुहु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका छन्। जोशीले सोमवारबाट दुहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

सोमवार एक कार्यक्रमका बीच जोशीको स्वागत गरिएको छ । दुहु गाउँपालिका उपाध्यक्ष शान्ति बम, अन्य जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई गाउँपालिकामा स्वागत गरेका हुन् ।

यसैबीच गाउँपालिकाले यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गरेका वीर सिंह धामीलाई धन्यवाद ज्ञापन गर्दै सम्मानसमेत गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *