दार्चुला : महाकाली नदी बेसिनका महिला आर्थिक सशक्तीकरण केन्द्र अन्तर्गतका नागरिक लोक वैज्ञानिकहरुलाई तालिम दिइएको छ । दार्चुला, डडेल्धुरा र कन्चनपुर जिल्लाका महाकाली नदी बेसिन क्षेत्रमा रहेका नागरिक लोक बैज्ञानिकहरुका लागि २ दिने पुर्नताजगी तालिम दिइएको हो ।

महाकाली नदी बेसिन क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रमा रहेका पानीका मुहानहरु, नदीनाला र सामुदायिक स्तरमा रहेका विभिन्न पानीका स्रोतहरुको विभिन्न १० वटा पारामिटरमा परिक्षण गरी शुद्धता र जनस्वास्थ्य क्षेत्रमा पिउन योग्य र अयोग्य छुट्याउने प्रयोगात्मक तालिम एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।

अक्सफाम नेपालका साझेदार संस्थाहरु रुडुक, सिआरडिएस र निड्स नेपालको संयुक्त आयोजना र स्वास्थ्य कार्यालय डडेल्धुराको प्राविधिक सहकार्यमा तालिम संचालन गरिएको हो ।

पानी संग प्राय बढि सरोकार र प्रयोग महिलाहरुको बढी रहने र यस प्रयोगात्मक तालिममा पनि ३ वटै जिल्लाबाट ३० जना महिलाहरुको सहभागितामा जनस्वास्थ्य, पानीको शुद्धता एवं जनचेतना अभिवृद्धि गर्ने रहेकाले यसको विशेष प्रभावकारीता रहने कार्यक्रममा प्रमुख अतिथि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
उनले भने– ‘पानी जनस्वास्थ्यका दृष्टिकोणले निकै महत्वपूर्ण र संवेदनशिल पनि रहेकोले यसको प्रयोगमा हामीले निकै सावधानी अपनाई प्रयोग गर्नुपर्दछ र यसको शुद्धताको बारेमा जानकारी राख्नु र अन्य समुदायहरुलाई जानकारी प्रदान गर्नु आवश्यक छ । यो तालिम पनि निकै महत्वपूर्ण समयमा आयोजना भएको हुदाँ यसको भरपुर प्रयोग गरी सामा जिक सेवामा तल्लिन यो कार्य साह्रै सान्दन्र्भिक छ ।’

यस्तै स्वास्थ्य कार्यालय डडेल्धुराको जनस्वास्थ्य निरीक्षक केशर बहादुर साउँदले पानीजन्य रोगले हाम्रो स्वास्थ्यमा निकै प्रतिकुल प्रभाव पार्ने भएकाले यसबारेमा सचेतना र यसको शुद्धता, प्रयोग र व्यवस्थापनमा वैज्ञानिक प्रविधिको परिक्षण पश्चातको उपभोगले पानीजन्य रोग एवं प्रभावबाट हुने असरलाई न्यूनिकरण गर्ने बताए ।
कार्यक्रममा डडेल्धुराको परशुराम नगरपालिका–५ की माया सिलालले विगत तीन वर्षदेखि समुदायस्तरमा १० वटा पारामिटरमा पानीको शुद्धता परिक्षण गर्दै आइरहेको बताउँदै तालिमले विभिन्न ल्याव सँग सम्बन्धित प्रविधिहरुको अवलोकन र प्रयोगात्मक अभ्यास गर्दा थप उर्जा प्रदान गर्नुका साथै समुदायस्तरमा लोक वैज्ञानिकका रुपमा कार्य गर्ने हौसला प्रदान गरेको बताइन् । समापन कार्यक्रम रुडुक डडेल्धुराका कोषाध्यक्ष लक्ष्मी खर्कवालको अध्यक्षतामा भएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?