दार्चुला : दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका एक जनामा चेकजाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।
डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालू आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केश हो ।
वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेंगीको संक्रमण देखिने गर्दछ । डेंगी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
डेंगी संक्रमण गर्ने लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले आफ्नो घर वरीपरी पानी जम्न नदिने, पूरै शरिर ढाक्ने कपडा लगाउने र सुत्दा झुल लगाएरमा मात्र सुत्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?