मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा

मालिकार्जुन गाउँपालिका बालविवाहमुक्त पालिका घोषणा

दार्चुला : मालिकार्जुन गाउँपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । मालिकार्जुनको सान, बालविवाहमुक्त गाउँपालिका हाम्रो अभियान भन्ने मूल नाराका साथ सोमवार मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिएको हो ।

२०८२ साल भित्र पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने स्थानीय रणनीति अनुसार गाउँपालिकाका ८ वटै वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै सोमवार एक कार्यक्रमका बीच गाउँपालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज प्रसाद जोशीले जानकारी दिए । २०७६ सालमा ३२ प्रतिशत बालविवाह रहेको मालिकार्जुन गाउँपालिकामा अहिले आएर शून्यमा झार्न सफल हुँदा पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिएको उनले बताए ।

उनका अनुसार २०८० सालभित्र दुई वडा, २०८१ सालमा ३ वडा र २०८२ सालमा पनि ३ वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहलाई कानूनी मान्यता अनुसार सामाजिक चेतना, जाँगरण र प्रतिवद्धताका साथ मालिकार्जुन गाउँपालिकालाई २०८२ सालभित्रै बालविवाहमुक्त पालिका बनाउन सफल भएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताए ।

बालविवाह अन्त्यका लागि मालिकार्जुनमा स्थानीय रणनीति, २०७६ (परिमार्जित २०७९) लागू भएपछि त्यसमा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर विभिन्न कार्यक्रम गरेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *