विश्व फार्मासिष्ट दिवस विविध कार्यक्रम गर्दै मनाइयो

विश्व फार्मासिष्ट दिवस विविध कार्यक्रम गर्दै मनाइयो

कैलाली : धनगढीमा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। बिहीबार सेप्टेम्बर २५ का दिन नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा फार्मासिष्ट दिवस मनाइएको हो।

दिवसका अवसरमा बिहान धनगढीको जेन जी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले संयुक्त र्याली निकालेको थियो ।
र्यालीपश्चात् देव तालिम केन्द्रमा स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित विभिन्न स्वास्थ्यकर्मीहरुको उपस्थितिमा फार्मेसी पेशा : अवसर, चुनौती र सम्भावना विषयमा अन्तरक्रिया गरिएको छ।

उक्त अन्तरक्रिया कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर चित्रराज शर्मा, स्नायु मनोचिकित्सक डाक्टर राम प्रसाद लामिछाने, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर, सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुराका उपप्राध्यापक एवं औषधि विज्ञ फार्मासिष्ट दिपेश जोशी, नेपाल फार्मेसी संघका पूर्व केन्द्रीय सचिव एवं किल्निकल फार्मासिष्ट राम बहादुर धामी, टीकापुर अस्पताल फार्मेसी विभाग प्रमुख एवं किल्निकल फार्मासिष्ट जनक शाहीको सहभागिता रहेको थियो।

बुधवार नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले आयोजना गरेको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा औषधी परामर्श कार्यक्रममा विशेषज्ञ सेवा प्रदान गरेका वरिष्ठ जनरल ल्याप्रोस्कोपी सर्जन डाक्टर चन्द्रप्रकाश पाण्डेय, वरिष्ठ छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शिवराज पनेरू र वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सन्तोष डीसीलाई आज फार्मासिष्ट दिवसका दिन सम्मान समेत गरिएको छ।

साथै, कार्यक्रममा भिमदत्त बहुप्रादेशिक शिक्षालयका प्रशिक्षक दिनेश पन्तले औषधीको उचित प्रयोग र वैज्ञानिक व्यवस्थापनका सन्दर्भमा फार्मासिष्टहरुको भूमिकालाई प्रष्ट पारेका थिए ।

यस्तै नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सल्लाहकार तथा फार्मासिष्ट महेश अर्यालले औषधीको सहि प्रयोग गर्न फार्मासिष्टले खेल्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए।

स्वास्थ्य सोचौं, फार्मासिष्ट सम्झौं भन्ने नारासहित मनाइएको उक्त कार्यक्रममा नेपाल फार्मेसी संघ कैलालीका अध्यक्ष आनन्द सिंह भाटको अध्यक्षता रहेको थियो भने नेपाल फार्मेसी संघका केन्द्रीय सचिव नबिन धामीको प्रमुख आतिथ्यता तथा नेपाल फार्मेसी संघका केन्द्रिय सदस्य दिनेश जोशीको विशिष्ट आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा विनेश कठरिया, उज्ज्वल केसी, भोजराज भट्ट, अनुप ओझा, दिपक भण्डारी, सुलभ भट्ट, श्याम चौधरी लगायत धनगढीका विभिन्न अस्पतालका फार्मेसी विभाग प्रमुखको आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल फार्मेसी संघ कैलालीका महासचिव सुवास अधिकारीले गरेका थिए।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *