दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार बिहान मार्माको लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परी जीप धनि ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

