शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न

दार्चुला : श्री शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच संस्थाको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सुन्द्र सिंह बुढाथोकीको अध्यक्षतामा बसेको १२ औँ साधारण सभा बैठकमा संस्थाका कोषाध्यक्ष कृष्णराज जोशीले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको सेयर पुँजि १४ लाख ७८ हजार ९ सय रुपैयाँ, बचत १ करोड १२ लाख ८७ हजार ३ सय १४ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा संस्थाको आम्दानी १२ लाख ७६ हजार ५६४ रुपैयाँ ७७ पैसा भएको थियो भने त्यत्तिकै खर्च भएको जनाइएको छ । यस संस्थामा २ सय ६१ जना शेयर सदस्य रहेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *