शिक्षकहरुलाई बृहत विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम

शिक्षकहरुलाई बृहत विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम


दार्चुला : महाकाली नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरुका लागि बृहत विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको आयोजना, सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोग, युनिसेफ र युरोपियन युनियनको आर्थिक सहयोगमा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयका १५ जना शिक्षकहरुका लागि पाँच दिने बृहत विद्यालय सुरक्षा सम्बन्धी क्षमता विकास तालिम जिल्ला सदरमुकाम खलंगामा सञ्चालन भएको हो ।

विद्यालयलाई सुरिक्षित राख्न र विपद् व्यवस्थापन प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन विपद्को बेला खोज उद्धार र प्राथमिक उपचार सम्बन्धी सीप सिकाउन तालिमको आयोजना सामुदायिक विकास केन्द्र डोटीका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले बताए । पाँच दिनसम्म सञ्चालन हुने तालिममा विपद् व्यवस्थापन प्रतिकार्य योजना निर्माण, दुर्घटनामा परेका घाइते तथा विपद्को समय जोखिममा परेकालाई कसरी प्राथमिक उपचार गर्ने तथा खोज र उद्दार गर्ने भन्ने बारेमा सीप सिकाइने छ ।

विद्यालय स्तरमा विद्यार्थीहरूलाई कृतिम घटना अभ्यास गर्न, विपद्को बेला कसरी उद्धार गर्ने भन्ने बारे सिकाइनेछ । तालिममा सहभागीहरुलाई लालझाडी गाँउपालिकाका शिक्षा अधिकृत सिद्ध राज भट्ट, नेपाल रेडक्रस सोसाइटी कैलालीका प्राथमिक उपचार प्रशिक्षक खगेन्द्र राज जोशीले प्रशिक्षण दिइरहेका छन् । यसैबीच तालिमको चौथो दिनमा सहभागि शिक्षकहरुलाई आगलागी, पहिरो, भूकम्प र सडक दुर्घटनाको कृतिम घटना अभ्यास गराई सिकाइ गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *