भगवती विकास बहुउद्देश्यीय सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

भगवती विकास बहुउद्देश्यीय सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न


दार्चुला : भगवती विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला धामीको अध्यक्षतामा सञ्चालन भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका पूर्व अध्यक्ष धनराज जोशीको प्रमुख तथा जिएनआई÷सिआरडिएस नेपालका परियोजना अधिकृत मनोरथ जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।

२०६६ सालमा स्थापना गरिएको संस्था २०६६ साल माघ ८ गते दोस्रो भेला सम्पन्न भई श्री भगवती विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नामले मिति २०६६ साल चैत्र ५ गतेका दिन सहकारी विभागको स्वीकृति अनुसार डिभिजन सहकारी कार्यालय कञ्चनपुरमा सहकारी ऐन २०४८ बमोजिम र २०७९ साल मंसिर २२ गते १२ औं वार्षिक साधारण सभाको निर्णय बमोजिम संस्थाको उद्देश्य परिवर्तन गरि भगवती विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नामले मिति २०७९ साल माघ १६ गतेका दिन मालिकार्जुन गाउँपालिकाको सहकारी ऐन २०७८ को दफा–६ को उप दफा (१) बमोजिम विधिवत् रुपमा दर्ता भई कार्य संचालन गरिएको संस्थाको इतिहास छ ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थासँग ३ हजार ११९ बचतकर्ता रहेका छन् । जसमध्ये नियमित बचतकर्ता १ हजार ८६६ जना, बाल बचतकर्ता ९०१ जना, संस्थागत सदस्य संख्या ३९ समूह, आवधिक बचतकर्ता २१ जना, पेन्सन बचतकर्ता ४२ जना, दैनिक बचतकर्ता ३० जना, कृषि बचतकर्ता २४ जना, दुग्ध बचतकर्ता ३६ जना रहेका छन् । यस्तै संस्थाको कुल शेयर पुजी ८५ लाख ३९ हजार ६००, कुल बचत ५ करोड ३४ लाख ८४ हजार ८९० रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै आर्थिक वर्ष २०८१।२०८२ को खुद नाफा १५ लाख ५५ हजार २०० रुपैयाँ ६४ पैसा रहेको जनाइएको छ ।

मालिकार्जुन गाउँपालिकाका सबै वडामा कार्य क्षेत्र रहेको यस संस्थाले बचत संकलन, व्यवसायिक ऋण लगानी, आय आर्जन, पोषणमा सुधार, दुग्ध डेरी सञ्चालन, कृषि एवं पशुजन्य उत्पादित वस्तु संकलन तथा विक्री, आयोडिन नुन खरिद तथा विक्रीवितरण, फोटो स्टुडियो सञ्चालन तथा सहकारी उपभोक्ता पसल सञ्चालन जस्ता कार्य गर्दै आइरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *