दार्चुला : २०७९ मा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका नेता दिपक बहादुर सिंह दार्चुलाबाट आगामी चुनावका लागि सिफारिस भएका छन् । राप्रपा दार्चुलाले सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।
दिपक बहादुर सिंह सँगै राप्रपाले दार्चुलाबाट २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका नरेन्द्र सिंह धाामी र पूर्व कर्णेल राजेश बहादुर चन्दको नाम सिफारिस गरेको अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

