दार्चुला : राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको राप्रपा दार्चुलाको बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो ।
यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले जानकारी दिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

