लास्कु र निजङगाड खोलामा मोटरेबल पुल बन्ने

लास्कु र निजङगाड खोलामा मोटरेबल पुल बन्ने


दार्चुला : चालू आर्थिक वर्षमा महाकाली कोरिडोर सडक अन्तर्गत दार्चुलामा दुई वटा मोटरेबल पुल निर्माण गरिने भएका छन् । महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका प्रमुख ईश्वर कार्कीका अनुसार दार्चुलाको लास्कु खोला र निजाङगाड खोलामा यस वर्ष मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको हो ।

महाकाली कोरिडोर अन्तरर्गत ४० वटा मोटरेवल पुल निर्माणका लागि राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरिए पनि २ वटा पुलका लागि मात्रै बजेट सुनिश्चित भएको प्रमुख कार्कीले बताए । बाँकी, ३८ पुलका लागि आवश्यक स्रोत सुनिश्चित हुन नसक्दा प्रस्ताव आयोगमै पेन्डिङ अवस्थामा रहेको बताइएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ मा लास्कुखोला पुल निर्माणका लागि २ करोड रुपैयाँ र निजाङगाड खोलाको मोटरेबल पुलका लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । लास्कुखोलामा २०७९ भदौ २४ गते आएको बाढीले निर्माण सम्पन्न भई भुक्तानी हुन बाँकी रहेको पुल बगाएको थियो भने २०७८ भदौ १३ गते आएको बाढीले निर्माण सम्पन्न भई सञ्चालनमा आएको निजाङगाड खोलाको पुल बगाएको थियो । यी दुई स्थानमा पुनः मोटरेबल पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।

योजना प्रमुख कार्कीका अनुसार बाढीबाट क्षति भएका पुल निर्माणका लागि विशेषज्ञ टोलीमार्फत स्थलगत अध्ययन भइरहेको छ । सडक विभागको पुल महाशाखाबाट अध्ययन भइरहेको र करिब एक महिनाभित्र प्रतिवेदन प्राप्त भएपछि बाँकी निर्माण प्रक्रिया अघि बढाइने बताइएको छ ।

Bbbbयी ठाउँमा पुल नहुँदा सवारीसाधन र नागरिकहरुको आवतजावतमा निक्कै नै समस्या हुने गरेको छ । वर्षातको समयमा त खोलामा पानी बढी हुँदा सवारीसाधन केहि दिन ठप्प हुने अवस्थासमेत आउने गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *