दार्चुला : नेपाल–भारत जोड्ने खलंगा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एक्स–रे ब्यागेज स्क्यानर मेशिन जडान गर्ने भएको छ । भारत सरकारको सुरक्षा पहलअन्तर्गत ११औँ बाहिनी सशस्त्र सीमा बल डिडीहाट सीमा चौकी, धारचुलाद्वारा एक्स–रे ब्यागेज स्क्यानर जडान गर्न लागिएको हो ।
झोला तथा ल्याएका सामग्री जाँच गर्न डिजिटल प्रविधिमा आधारित ब्यागेज स्क्यानर मेशिन एक, दुई दिनमै सञ्चालनमा ल्याइने भारतीय सीमा सुरक्षा बल एसएसबीले जनाएको छ । यस मेशिनले यात्रुलाई सहज मात्र नभई अवैध सामाग्रीको ओसार प्रसार नियन्त्रण र सुरक्षा प्रक्रिया पारदर्शी हुने बताइएको छ ।
नेपाली नागरिक दैनिक उपभोग्य सामाग्री लिन भारतीय बजार धारचुला जाने गरेकोमा सीमामा जाँचको नाममा सास्ती हुने गरेको छ । सीमामा हुने चेकजाँचको सास्तीलाई मध्यनजर गर्दै ब्यागेज स्क्यानर मेशिन सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

