दार्चुलामा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइने

दार्चुलामा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइने


दार्चुला : दार्चुला भन्सार कार्यालयले विविध कार्यक्रम गरी ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने भएको छ । हरेक वर्षको जनवरी २६ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सरसफाइ, बिरामीहरुलाई फलफूल वितरण, अनाथालयका बालबालिकालाई खाद्यान्न सहयोग र अन्तरक्र्रिया जस्ता कार्यक्रम आयोजना गरिने दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश धामीले जानकारी दिए ।

उनका अनुसार माघ ९ गते भन्सार कार्यालय परिसरमा सरसफाइ, माघ १० गते गल्फैस्थित अनाथालयमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग तथा वितरण, माघ ११ गते जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण र माघ १२ गते अन्तरक्र्रिया कार्यक्रम आयोजना गरिनेछ ।

७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको नारा ̎ ̎Customs Protecting Society Through vigilance and Commitment”अर्थात सुरक्षा तथा प्रतिवद्धतामार्फत समाजको संरक्षण गर्दै भन्सार भन्ने रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *