साढे आठ लाखमा निर्मित बहुउद्धेश्यीय सिँचाई ट्याङ्की हस्तान्तरण

साढे आठ लाखमा निर्मित बहुउद्धेश्यीय सिँचाई ट्याङ्की हस्तान्तरण


दार्चुला : लेकम गाउँपालिका–३ रतौडामा निर्माण गरिएको बहुउद्धेश्यीय सिँचाई ट्याङ्की हस्तान्तरण गरिएको छ । सामुदायिक ग्रामिण विकास समाज नेपालको ७ लाख र लेकम गाउँपालिकाको १ लाख ५० हजार लगानीमा निर्माण गरिएको बहुउद्धेश्यीय सिँचाई ट्याङ्की एक हस्तान्तरण गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालका कार्यक्रम संयोजक मान सिंह कार्कीले जानकारी दिए ।

निर्माण सम्पन्न सिँचाई ट्याङ्कीको सोमवार संयुक्त अनुगमन गरी योजनाको सार्वजनिक सुनुवाईका साथ हस्तान्तरण गरिएको उनले बताए । लेकम गाउँपालिकामा ट्रोसा परियोजना–२ अन्तर्गत गठन भएको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले विभिन्न सामाजिक, आर्थिक तथा जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको छ । निर्माण सम्पन्न उक्त बहुउद्धेश्यीय सिँचाई ट्याङ्कीलाई सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *