दार्चुला : दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतवार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका-३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमवार राति साढे ८ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेम राज भट्टले जानकारी दिए ।
कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुँवरले बताए ।
बाली जोगाउन स्थानीयहरुले जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको कुँवरले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

