काँग्रेसका धर्मानन्द जोशीको चुनावी खर्च २८ लाख

काँग्रेसका धर्मानन्द जोशीको चुनावी खर्च २८ लाख

दार्चुला : प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसका उम्मेदवार धर्मानन्द जोशीले निर्वाचन आयोग समक्ष चुनावी खर्च विवरण बुझाएका छन् । उनले निर्वाचन आयोगमा बुझाएको विवरणमा २८ लाख तीन हजार आठ सय १२ रुपैयाँ ९० पैसा खर्च गरेको उल्लेख छ ।

जोशीले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत स्पीकर खरिद २ लाख ७६ हजार ८५० रुपैयाँ, नमूना मतपत्र, पम्पलेट, प्रतिज्ञा पत्र छपाईमा १ लाख ७३ हजार ९ सय ६२ रुपैयाँ ९० पैसा, वडा स्तरमा कार्यकर्ता परिचालन ६ लाख १० हजार, झण्डा र ब्यानरका लागि ३ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

यातायात ८ लाख २५ हजार, मिडिया प्रचारप्रसार तथा परिचालनमा ८० हजार, आमसभा तथा गोष्ठीमा ३ लाख र गाँस बासमा २ लाख २५ हजार खर्च भएको जनाइएको छ । जोशीले निर्वाचन आयोगमा बुझाएको चुनावी खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *