रास्वपाका सामन्तको चुनावी खर्च २२ लाख ६९ हजार

रास्वपाका सामन्तको चुनावी खर्च २२ लाख ६९ हजार


दार्चुला : प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट रास्वपा उम्मेदवार राजेश सिंह सामन्तले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । फागुन २९ गते सामन्तले आफ्नो निर्वाचन खर्च विवरण आयोगलाई बुझाएका हुन् ।

उनले सार्वजनिक गरेको निर्वाचन खर्चमा प्रचारप्रसार सामग्री खरिदमा २ लाख ३१ हजार ७५० रुपैयाँ, छपाई र फोटोकपिमा १ लाख २ हजार ६२० रुपैयाँ, सवारी साधन भाडामा ४ लाख ४१ हजार १९० रुपैयाँ, वडा, पालिकास्तरमा प्रचारप्रसारमा ११ लाख ७० हजार ३०० रुपैयाँ, गीत रेकर्डमा ५० हजार, मनोनयन दर्ता १० हजार, गाँस बासमा २ लाख ६० हजार ६०५ रुपैयाँ र मतदाता नामावली खरिदमा ३ हजार उल्लेख गरेका छन् । यी कार्यमा २२ लाख ६९ हजार ४६५ रुपैयाँ खर्च भएको जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *