हावाहुरीले गरडा मावि भवनको छानो उडायो, जस्तापास्ता यत्रतत्र
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ मा रहेको गरडा माध्यमिक विद्यालय बाँकुको भवनको छानो हावाहुरीले उडाएको छ । सोमवार दिउँसो तीन, चार बजेतिर परेको पानीसहितको हावाहुरीले विद्यालयको छाना उडाएको हो । हावाहुरीले विद्यालय भवनको जस्तापाताले छाएको छाना उडाएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनुभयो । तीन कोठे जस्तापाताले छाएको भवनको छाना पूर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीले छाना उडाएर टाढा टाढासम्म पुगाएको छ । विगतमा वर्षा हुँदा चुहिने समस्या रहेको










