नजरिया

खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम

दार्चुला : दार्चुलामा विपद् खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरिएको छ । महाकाली नगरपालिकाको आयोजना र सामुदायिक विकास केन्द्र डोटी, युनिसेफ र युरोपियन युनियनको आर्थिक सहयोगमा महाकाली नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षकहरुका लागि जिल्ला सदरमुकाम खलंगामा दुई दिने तालिम आयोजना गरिएको थियो । विपद् खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धीतालिमको उद्घाटन सत्रमा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिर, उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, शिक्षा शाखाका

दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते

दार्चुला : जिल्लाको नौगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा बिहान साढे ८ बजेको समयमा ग ३ च ३३५१ नम्बरको जीप दुर्घटना भएको हो । होपरीबाट होपरीगाड जाँदै गरेको जीप नकधार भन्ने ठाउँ नजिकै दुर्घटनामा परेको स्थानीय केशर सिंह कार्कीले जानकारी दिए । जीप दुर्घटना हुदा जीपमा सवार १० जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते छन् । घाइते हुनेमा मार्मा

गृहमन्त्री लेखकको निजी सचिवमा उपाध्याय

दार्चुला : गृहमन्त्री रमेश लेखकका निजी सचिव फेरिएका छन् ।  हाल कार्यरत उपसचिव तथा निजी सचिव बद्रीप्रसाद तिवारीलाई म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएपछि उनको स्थानमा उपसचिव दिर्घराज उपाध्यायलाई निजी सचिवको जिम्मेवारी दिने निर्णय भएको छ । सहज र इमान्दार मानिने उपाध्याय यसअघि दार्चुला र बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

महाकालीका तीन विद्यालयको खानेपानीमा ‘इकोली’ जीवाणु फेला

दार्चुला : महाकाली नगरपालिकाका विद्यालयहरुको खानेपानीमा इकोली जीवाणु भेटिएको छ । नगरपालिकाका विभिन्न विद्यालयहरुको खानेपानी नमुना संकलन गरी गुणस्तर परिक्षण गर्दा तीन विद्यालयको खानेपानीमा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी दिए । भदौ २ र ३ गते परिक्षण गर्दा मालिकार्जुन आधारभूत विद्यालय सकार, सरस्वती आधारभूत विद्यालय मुल्ला र जगन्नाथ आधारभूत विद्यालय धौलीगाडको खानेपानीमा इकोली जीवाणुको मात्रा भेटिएको उनले बताए । महाकाली नगरपालिका अन्तर्गतका १२

दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि

दार्चुला : दार्चुलामा एक जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका एक जनामा चेकजाँच गर्दा डेंगी संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए । डेंगीको संक्रमण देखिनेमा बाँकेको कोहलपुरका ३९ वर्षीय पुरुष रहेका छन् । चालू आर्थिक वर्षमा दार्चुलामा डेंगी पुष्टि भएको यो पहिलो केश हो । वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले

ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो जाँदा दुई घरमा क्षति, परिवार विस्थापित

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ । आइतवार राति ११ बजेतिर पहिरो खसेको हो । पहिरोले स्थानीय कालू राम कामी र ऐत कामीको घरमा क्षति पुगेको वडा नम्बर २ का वडा सदस्य नरेन्द्र धामीले जानकारी दिए । पहिरोले त्यहाँ बस्न नमिल्ने गरी जमिन भाँसेको उनले बताए । घरमुनिबाट जमिन भाँसिएर पहिरो गएको हो । पहिरोका कारण त्यँहा जग्गा जमिनमा क्षति पुर्याएको छ ।

शिक्षा विधेयकमा असहमति जनाउँदै प्याब्सनको ज्ञापन

दार्चुला : प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सम्बन्धित सरोकारवाला कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । दार्चुलामा प्याब्सनका अध्यक्ष बिक्रम सिंह रैखोलाको अगुवाईमा प्याब्सन पदाधिकारीहरुले स्थानीय पालिका, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ज्ञापन बुझाएका हुन् । साउन २७ गते केन्द्रीय कार्यालयमा बसेको प्याब्सन र एन प्याब्सनको संयुक्त बैठकको निर्णयअनुसार साउन २९ गते पालिका प्रमुख र शिक्षा शाखा प्रमुखमार्फत

भारतको स्वतन्त्रता दिवसमा छाङ्रु र तिंकरका स्थानीयलाई खाद्यान्न सहयोग

दार्चुला : भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा दार्चुलाको ब्याँस गाउँपालिका—१ का स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल—भारत मैत्री संघ दार्चुला शाखाको आयोजनामा ब्याँस गाउँपालिका—१ छाङ्रु र तिंकरका विपन्न र एकल घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । छाङ्रुस्थित श्री कैलाशपती आविको भवनमा छाङरु र तिङ्करका अतिविपन्न तथा एकल परिवारलाई चामल, चिनी, तेल लगायत खाद्यान्न वितरण गरिएको नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य बासुदेव ऐतवालले जानकारी दिए । शुक्रवार एक कार्यक्रमका

६ फिट ३ इन्च लम्बाईको चितुवाको छालासहित ऐर पक्राउ

दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–७ ऐर गाउँका ५० वर्षीय भान सिंह ऐर रहेका छन् । ऐरलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेस्थित गोकुलेश्वर मार्मा सडकखण्डबाट चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ऐरको साथमा रहेको कालो झोला चेकजाँच गर्दा झोलामा लुकाइछिपाई लग्दै गरेको अवस्थाबाट

वन लसुनसहित एक महिला पक्राउ

दार्चुला : दार्चुलामा एक महिला वन लसुनसहित पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका-४ सिप्टीकी ३० वर्षीया धाना धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए । सोमवार अप्राहन्न ४ बजेतिर भारतको धारचुलाबाट आउदै गरेकी धामीलाई नेपाल-भारत जोड्ने खलंगा सीमापुलमा खटिएको अस्थायी प्रहरी पोष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलि र सशस्त्र प्रहरीको टोलिले चेकजाँचका क्रममा पक्राउ गरेको हो । उनको साथबाट ५