निजामती कर्मचारी युनियन स्थापना दिवस : अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण
दार्चुला : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित महेन्द्र माविको छात्रावास र दुहुँ गाउँपालिका-४ धारीस्थित आवासीय अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र माविको छात्रावासमा रहेका २० जना अनाथ/टुहुरा बालबालिकाहरुलाई नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा प्रति विद्यार्थी एक दर्जन कापी र कलम वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका सचिव राकेश










