मार्मामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा मार्मा गाउँपालिका–३ स्थित रस्कोट माविमा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शनिवार सञ्चालन गरिएको शिविरबाट ३१५ जनाले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका सूचना अधिकारी रंगलाल महतले जानकारी दिए । जसमा १५० जना महिला तथा १६५ जना पुरुषले सेवा लिएका थिए । शिविरमा पुगेर मार्माका शताब्दी










