नजरिया

महाकाली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र माविको कब्जा

दार्चुला : महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगाले कब्जा जमाएको छ । महाकाली नगरपालिका–४ खलंगामा अवस्थित महेन्द्र माविले पछिल्लो तीन वर्ष लगातार उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । शुक्रवार सम्पन्न पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित महेन्द्र मावि खंलगा प्रथम भयो । यस्तै प्रतियोगितामा ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित मालिकार्जुन नमुना मावि

शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा बुढाथोकी

दार्चुला : शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच संस्थाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो । यस संस्थाको सेयर पुँजि १३ लाख १३ हजार ९ सय तथा बचत १ करोड ३१ हजार ८ सय ६५ रहेको जनाइएको छ । यस संस्थामा २ सय ४८ जना

प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा पुनः जोशी चयन

दार्चुला : प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्र प्रसाद जोशी चयन भएका छन् । बिहीवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित पाँचौ अधिवेशनले सर्वसम्मत जोशीलाई अध्यक्ष चयन गरेको हो । जोशीको यो दोस्रो कार्यकाल हो । प्रेस चौतारी जिल्ला कार्य समितिको उपाध्यक्षमा रमेश सिंह खत्री, बिमला धामी भुजेल, सचिवमा मान सिंह कुँवर सहसचिव निरज कुमार धामी, पदम परियार, कोषाध्यक्ष उद्धव सिंह धामी चयन भएका भएका छन् । यसैगरी सदस्यहरूमा लोकेन्द सिंह

कर्मचारी संगठन दार्चुलाको अध्यक्षमा पुनः धामी चयन

दार्चुला : नेपाल निजामती कर्मचारी संगठन दार्चुलाको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलवार नेतृत्व चयन गर्दै १० औं अधिबेशन सम्पन्न भएको हो । राजेन्द्र सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ । धामीको यो दोस्रो कार्यकाल हो । यस्तै संगठनको उपाध्यक्षमा मदन सिंह ठगुन्ना, महिला उपाध्यक्षमा धाना कार्की, सचिवमा कर्ण बहादुर खत्री, सह-सचिव मोहन सिंह धामी र कोषाध्यक्षमा धन बहादुर लोहार चयन भएका छन्

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र न्यानो लुगा वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले महाकाली नगरपालिका–५ स्थित छात्रावासका अनाथ बालबालिकाहरुलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रावासका अनाथ बालबालिकालाई खाद्यान्नका साथै न्यानो कपडा वितरण गरिएको हो । छात्रावासमा रहेका अनाथ १९ बालबालिकालाई न्यानो कपडा (हुडी) र उनीहरुका लागि चाहने खाद्यान्नका सामान वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । शनिवार एक कार्यक्रमका बीच

कर्मचारी युनियन दार्चुला जिल्ला अधिवेशनमा जुट्दै, दुहुँमा समिति गठन

दार्चुला : नेपाल निजामति कर्मचारी युनियन दार्चुला ९ औँ जिल्ला अधिवेशनमा जुटेको छ । अधिवेशनको तयारी स्वरुप अहिले पालिका स्तरमा कार्य समिति गठन भइरहेका छन् । सोही अनुसार शनिवार जिल्लाको दुहुँ गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियनको कार्य समिति गठन गरिएको छ । कार्य समितिको अध्यक्षमा डम्बर सिंह कार्की चयन भएका छन् । यस्तै उपाध्यक्षमा सरीता बडाल, सचिवमा दिपक राज जोशी र अन्य पदाधिकारी गरी ११ सदस्यीय कार्य समिति गठन गरिएको

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । जिल्ला अस्पताल दार्चुलाका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । दार्चुला भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विविध कार्यक्रम गरि दिवस मनाइरहेको छ ।

दार्चुलामा ७ हजार २६४ किशोरीलाई एचपीभी खोप दिइने

दार्चुला : दार्चुलामा ७ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तर्गत जिल्लाभरीका ७ हजार २६४ किशोरीलाई खोप दिइन लागिएको हो । शुक्रवार स्वास्थ्य कार्यालय दार्चुलाले सञ्चालन गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । एचपीभी खोप अभियानअन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र कुनै कारण विद्यालय

ठड्याभीरमा काम गरिरहेको जेसीबी पहिरो खस्दा पुरियो, चालक घाइते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पुरिएको छ । शुक्रवार बिहान ५ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खसेको हो । पहिरोले एक्साभेटर पुरिदा चालक जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका-११ घर भएका वर्ष २६ का रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्याएका छन् । प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर

महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बडालको जिम्मेवारी रद्ध

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधवारको निर्णयले उनको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले बिहीवार पत्राचार तथा सूचना जारी गर्दै निमित्त भई कार्य प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको छ । बडाल २०८० चैत २८ गतेदेखि महाकाली नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आइरहेका थिए