नजरिया

पूर्ण खोप अभियानका लागि खोपकर्ताहरुलाई अभिमुखीकरण

दार्चुला : दार्चुलामा पूर्ण खोप अभियानका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । मंगलवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख लाल बहादुर बोहराको अध्यक्षतामा रहेको गोष्ठी कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला

जेनजी आन्दोलनमा काँग्रेस, एमाले र माओवादी पार्टी कार्यालयमा ३९ लाख ३९ हजारको क्षति

दार्चुला : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा दार्चुलामा तीन दलका पार्टी कार्यालयमा ३९ लाख ३९ हजार आठ सय रुपैयाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयमा भएको विवरण छ भने सबैभन्दा कम माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको उल्लेख छ । नेकपा एमाले पार्टी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति विवरण पेश गरिएको छ । यस्तै नेपाली काँग्रेसको पार्टी कार्यालयमा १८

वल्डलिङ्क विद्यार्थीमुखी कार्यक्रम दार्चुलामा सम्पन्न

दार्चुला : वरल्डलिन्क सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको मालिकार्जुन मावि धापमा विधार्थीमुखी कार्यक्रम सम्पन्न गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा महाकाली नगरपालिका-७ धापस्थित मालिकार्जुन माविमा इन्नोभेसन ‘आई–जात्रा’ सम्पन्न गरिएको हो । यस कार्यक्रममा विधार्थीहरूले सिर्जनात्मक परियोजना र सिकाइहरू प्रस्तुत गरेका थिए। वर्ल्डलिङ्क CSR ले Engineers Without Borders (EWBN) सँग सहकार्य गरी बिगत २ वर्षदेखि नेपालको विभिन्न

भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्ध र सडकको निर्माण कार्य रोक्न माग

दार्चुला : महाकाली नदीको बहावलाई असर पार्ने गरि भारतले निर्माण गरिरहेको तटबन्ध र सडक निर्माणको कार्य रोक्न माग गरिएको छ । मङ्गलवार दार्चुलाका क्रियाशिल राजनीतिक दल तथा नागरिक समाजकोतर्फबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनबुझाइएको हो । ज्ञापन पत्रमा भनिएको छ- `महाकाली नदीको आसपासको नेपाल-भारत सीमाक्षेत्रमा भारतीय पक्षले महाकाली नदीको प्राकृतिक बहावलाई नेपालतिर फर्कने गरी ब्याँस गाउँपालिकाको घाटी बगर, तम्बाकु क्षेत्रमा सडक निर्माण गर्दा चट्टान विष्फोटन गरी महाकाली नदीमा फाल्दा

मालिकार्जुन जात्रा : मदिरा निषेध, ट्राफिक नियम अनिवार्य, सुरक्षा व्यवस्था चुस्त

दार्चुला : जिल्लाकै ठूलो जात्राका रुपमा लिइने मालिकार्जुन गाउँपालिका-३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको जात्रालाई सभ्य र भब्य मनाइने भएको छ । मङ्गलवार लाग्ने रात्रिकालिन जात्रालाई मध्यनजर गर्दै मदिरा तथा मदिराजन्य पदार्थमा पूर्ण रोक लगाइने, दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गर्ने र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।जात्रालाई सभ्य र भव्य बनाउन हर सम्भव प्रयासको पहल थालिएको प्रजिअ पौडेलले बताए । जात्रालाई

‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

दार्चुला : जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका १६ वर्षीय रोशन बडाल अहिले ब्लड क्यान्सरसँग ज्यानको युद्ध लडिरहेका छन् । कक्षा ९ मा अध्ययनरत रोशन अहिले काठमाडौंस्थित सिभिल अस्पतालको शैय्यामा दिनरात बेदनासँग जुधिरहेका छन् । जसले कहिल्यै हार मानेका थिएनन्, विद्यालयमा राम्रो पढ्थे, सपना थियो परिवारलाई उज्यालो भविष्य दिने तर नियतिले अर्कै बाटो देखायो। ब्लड क्यान्सरको संक्रमणसँगै उनको परिवारमा बज्रपात भयो । अझ दर्दनाक त के भने, उपचारकै बीचमा उनका बुबाको अकस्मात्

प्रेम राज बने आयुर्वेद डाक्टर

दार्चुला : दुहुँ गाउँपालिका–४ जोशीगाउँका प्रेम राज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बन्न सफल भएका हुन् । डाक्टर बन्नेमा त्यहाँका जोशीपरिवारका प्रेम राज पहिलो व्यक्ति हुन् । कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लीक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट

भारतको पागंला महोत्सवमा ब्याँसको गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन

दार्चुला : भारतको पांगला महोत्सवमा दार्चुला ब्याँस गाउँपालिकाको जय गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गत ग्रामसभा पांगलामा आयोजना गरिएको महोत्सवमा नेपालकोतर्फबाट सहभागिता जनाएको ब्याँस गाउँपालिका–४ सुन्सेराको जय गोरखनाथ सचेतना समाजले स्थानीय बाजागाजासहित झाँकी प्रदर्शन गरेको हो । बुधवार स्थानीय पहिरनमा सजिएका महिलाहरुले देउडा खेल खेल्दै आफ्नो साँस्कृतिक झाँकी प्रदर्शन गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुँवरले जानकारी दिए

दार्चुलाको मार्मामा जीप दुर्घटना, जीप धनिको मृत्यु

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  शुक्रवार बिहान मार्माको लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो।  उक्त दुर्घटनामा परी जीप धनि ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

देउसी–भैलोको मर्म र आधुनिकताको प्रभाव

✍️अमित जोशी तिहार — उज्यालो, प्रेम र सम्बन्धको त्यो पर्व, जसले केवल घरको अन्धकार होइन, मनको अन्धकार पनि हटाउँछ। हाम्रो समाजमा तिहारको रौनक त्यतिबेला मात्र पूरा हुन्छ, जब गाउँभर “देउसी रे! भैलो रे !” को स्वर गुञ्जिन्छ। देउसी–भैलो केवल गीत होइन, त्यो हाम्रो पुर्खाको आवाज हो। त्यो हाम्रो संस्कृतिको नाडी, समाजको एकताको संगीत र हाम्रो अस्तित्वको उज्यालो हो। तर आजको परिवेशमा यो परम्परा पनि परिवर्तनको घेरामा छ कसैले यसलाई आधुनिकताको