नजरिया

विद्यालयबाट घर फर्किरहेकी ११ वर्षीया बालिकालाई ढुङ्गा लाग्यो, दुबै खुट्टा भाँचिए

दार्चुला : दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर एक बालिका गम्भीर घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आवि थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापाको विद्यालयबाट घर फर्कने क्रममा खुट्टामा ढुङ्गा लागेको हो । सोमवार दिउँसो विद्यालयबाट घर गइरहेकी थापाको माथिबाट खसेको ढुङ्गाले दुबै खुट्टा भाँचिएको छ । उनको दाँया खुट्टा घुडामुनि पूरै भाँचिएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट छ । घटनास्थलबाट

राष्ट्रहित केन्द्रित नयाँ राजनीतिक एकताको ऐतिहासिक सुरुवात

नेपालको राजनीति आज इतिहासको एउटा यस्तो मोडमा उभिएको छ, जहाँ पुराना संरचना र अभ्यासहरूले आफ्नो नैतिक वैधता लगभग गुमाइसकेका छन् भने नयाँ चेतना, नयाँ पुस्ता र नयाँ राजनीतिक सम्भावनाले आकार लिने प्रयास गरिरहेका छन्। यो समय केवल सत्ता परिवर्तनको बहस गर्ने समय होइन, बरु राजनीति गर्ने तरिका, नेतृत्व छनोटको मापदण्ड, जनतासँगको सम्बन्ध र राज्य सञ्चालनको दर्शन नै पुनः परिभाषित गर्नुपर्ने “शून्य समय” हो। दशकौँदेखि नेपाली राजनीतिमा जरा गाडेर बसेका पुराना

महाकाली नगरपालिका–४ मा राप्रपाको संगठन विस्तार, महिला अध्यक्ष चयन

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले महाकाली नगरपालिका–४ मा संगठन विस्तार गरेको छ । शनिवार उर्मिला निरौलाको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समिति उपाध्यक्षमा सरस्वती भुल, सचिवमा मुकेश राम भुल, सहसचिव चन्दन राज निरौला, कोषाध्यक्षमा धर्म राज दयाली चयन भएको उनले बताए । यस्तै सदस्यमा अनिसा निरौला, सपना दयाली, रतनादेवी निरौला, सुस्मा निरौला, ईन्द्रा निरौला र सन्तोष गौतम चयन

राप्रपा दार्चुलाले ग¥यो प्रतिनिधिसभा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस

दार्चुला : राप्रपा दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । शुक्रवार बसेको राप्रपा दार्चुलाको बैठकले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सांसद दिपक बहादुर सिंह, नरेन्द्र सिंह धामी र राजेश बहादुर चन्दको नाम सिफारिस गरेको हो । यस्तै समानुपातिकतर्फ राप्रपा जिल्ला अध्यक्ष प्रकाश दयाली, चक्र बहादुर बम र धाना देवी लुहार टमाटाको नाम सिफारिस गरि पठाइएको राप्रपा दार्चुलाका संयोजक पदम राज खत्रीले

दिपक बहादुर सिंह दार्चुलाबाट सिफारिस

दार्चुला : २०७९ मा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका नेता दिपक बहादुर सिंह दार्चुलाबाट आगामी चुनावका लागि सिफारिस भएका छन् । राप्रपा दार्चुलाले सिंहको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस गरेको हो । दिपक बहादुर सिंह सँगै राप्रपाले दार्चुलाबाट २०७९ सालमा प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका नरेन्द्र सिंह धाामी र पूर्व कर्णेल राजेश बहादुर चन्दको नाम सिफारिस गरेको अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ प्रकाश दयाली,

सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले मनायो दोस्रो वार्षिकोत्सव

दार्चुला : लेकम गाउँपालिका–३ रतौडाको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले दोस्रो वार्षिकोत्सव मनाएको छ । केन्द्रले बिहीवार आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो । सीडाको आर्थिक सहयोग तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपालद्धारा सञ्चालित ट्रोसा–२ परियोजनाअन्तर्गत गठन गरिएको सत्तेश्वर महिला आर्थिक सशक्तिकरण केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐरीले जानकारी दिए । वार्षिक उत्सवका अवसरमा केदार आधारभूत विद्यालय रतौडालाई

दुहुँमा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न

दार्चुला : जिल्लाको दुहुँ गाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको सहजीकरणमा ‘सगुण शिक्षा, सक्षम समाज’ भन्ने मूल नाराका साथ मंगलवारबाट सुरु गरिएको दुई दिने पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी बुधवार सम्पन्न भएको हो । शैक्षिक कार्यशाला गोष्ठीमा शैक्षिक सुधारका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । दुई दिने

एमाले केन्द्रीय कमिटि सदस्यमा दार्चुलाबाटै ४ जनाको उम्मेदवारी

दार्चुला : नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि दार्चुलाबाट चार जनाको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटि सदस्यका लागि तीन जना खुला र एक जनाको भूगोलबाट उम्मेदवारी परेको हो ।एमाले केन्द्रीय कमिटी सदस्य खुलामा गणेश सिंह ठगुन्ना, हरदेव जोशी र धर्मानन्द मन्यालको उम्मेदवारी परेको छ भने सुदूरपश्चिम प्रदेश भूगोलबाट प्रेम सिंह धामीको उम्मेदवारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट केन्द्रीय कमिटी सदस्य पदमा गणेश सिंह ठगुन्ना र

दुहुँमा एकीकृत सामुदायिक विकास परियोजनाको सयुंक्त अनुगमन

दार्चुला : दुहुँ गाउँपालिकाका विभिन्न वडामा सञ्चालनमा रहेका एकीकृत सामुदायिक विकास परियोजनाहरूको संयुक्त अनुगमन गरिएको छ । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको साझेदारीमा निर्माण गरिएका परियोजनाहरुको मूल्याङ्कन र अवलोकन गर्न सयुंक्त अनुगमन गरिएको हो । शुक्रवार दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती देवी बम, गाउँपालिकास्थित प्रशासन, शिक्षा शाखा, कृषि, महिला तथा बालबालिका शाखा र सहयोगी संस्था गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र सामुदायिक ग्रामिण

भगवती विकास बहुउद्देश्यीय सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

दार्चुला : भगवती विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला धामीको अध्यक्षतामा सञ्चालन भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका पूर्व अध्यक्ष धनराज जोशीको प्रमुख तथा जिएनआई÷सिआरडिएस नेपालका परियोजना अधिकृत मनोरथ जोशीको विशिष्ट आतिथ्यता रहेको थियो । २०६६ सालमा स्थापना गरिएको संस्था २०६६ साल माघ ८ गते दोस्रो भेला सम्पन्न भई श्री भगवती विकास बचत तथा ऋण सहकारी