नजरिया

महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए

दार्चुला : जिल्लाकै उलेख्य विद्यार्थी संख्या भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र मावि खलंगामा कार्यरत प्रशिक्षक र विद्यालय कर्मचारी गरी १५ जना हटाइएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट तलब सुविधा प्राप्त गर्ने प्रशिक्षक र कर्मचारी गरी १५ जनालाई हटाइएको हो । भदौ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले १५ जना कर्मचारीलाई भदौ मसान्तपछि हाजिरमा रोक लगाउने निर्णय गरेको महेन्द्र माविले जनाएको छ । हटाइनेमा प्रशिक्षक ईन्जिनियर सुरेश बोहरा, ईन्जिनियर बिरेन्द्र

दार्चुलामा रेविजविरुद्धको निःशुल्क खोप लगाइदै

दार्चुला : दार्चुलामा विश्व रेविज दिवसको अवसर पारेर सप्ताहव्यापी रेविजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरिएको छ । सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गतेको विश्व रेविज दिवसको अवसरमा सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लाल बहादुर बोहराले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अनुसार सामुदायिक तथा घरपालुवा कुकुर बिरालोलाई रेविज विरुद्धको खोप लगाइने उनले बताए । आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई

दार्चुला जिल्ला अदालतका सम्पूर्ण सेवा बन्द

दार्चुला : दार्चुला जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । मंगलवार रातिदेखि प्रशासनले जारी गरेको कफ्र्यु आदेशका कारण अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको हो । बुधवार बिहान जारी गरिएको सूचनामा दार्चुला जिल्लाभरि भएको कफ्र्यु आदेशका कारण आवागमनमा भएको अवरोधबाट उत्पन्न विषम परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवं कानून व्यवसायीहरुको असहजतासमेतलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द

दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

दार्चुला : दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी आदेशमा आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिको प्रभाव दार्चुला जिल्लामा समेत परेको, पार्टी कार्यालयहरु तोडफोड गरेको, अन्य सरकारी कार्यालय लगायतमा क्षति पुर्याउन सक्ने देखिएकाले शान्ति व्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको मंगलवारको सिफारिस बमोजिम भदौ २४ गते राति

दार्चुलामा पनि विद्यार्थीहरुले प्रदर्शन गर्दै

दार्चुला : देशमा (जेन जेड) पुस्ताले आन्दोलन चर्काइरहदा दार्चुलामा पनि र्याली निकालिने भएको छ । दार्चुला बहुमुखी क्याम्पस स्ववियुले मंगलवार सूचना जारी गर्दै बिहान १० बजेदेखि शान्तिपूर्ण र्याली निकालिने जनाएको छ । देशव्यापि विरोध र प्रर्दशनमा रहेका युवा पुस्ता तथा विद्यार्थी समूहको Gen-Z लाई प्रहरिले गोलि हानी हत्या गरेको बिरोधमा खलंगा बजारमा शान्तिपूर्ण र्याली निकालिने स्ववियु अध्यक्ष प्रकाश बडूले बताए ।विद्यार्थी माथि भएको क्रुर अमानविय व्यवहार र सरकारको दमनविरुद्ध शान्तिपूर्ण

निजामती कर्मचारी युनियन स्थापना दिवस : अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण 

दार्चुला : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित महेन्द्र माविको छात्रावास र दुहुँ गाउँपालिका-४ धारीस्थित आवासीय अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र माविको छात्रावासमा रहेका २० जना अनाथ/टुहुरा बालबालिकाहरुलाई नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा प्रति विद्यार्थी एक दर्जन कापी र कलम वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका सचिव राकेश

अहिलेसम्म आरोहण नगरिएको अपीहिमाल चढ्न १५ जनाको टोली आउँदै

दार्चुला : अहिलेसम्म सफल आरोहण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको आरोहण गर्न १५ सदस्यीय टोली आउँदैछ । १५ जनाको आरोही टोली दार्चुलाका लागि शुक्रवार काठमाडौँबाट हिडेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाइ गरेका हुन् । आरोही टोलीलाई मन्त्री पाण्डेले बिदाई गर्दै पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद् क्षण भएको

दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खुल्ने, पाँच पालिकाको पायक पर्ने

दार्चुला : दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । सेवा प्रवाह सहज बनाउन गृह मन्त्रालय मातहतको इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय थप्दा दार्चुला पनि समेटिएको छ । इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न इलाका प्रशासन स्थापना

दार्चुला काँग्रेसले सम्मेलन लगायत भातृसंघका अधिवेशन मंसिरसम्म टुङग्याउने

दार्चुला : नेपाली काँग्रेस दार्चुलाको भाद्र ६ र ७ गते बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापति ललित सिंह बोहराको अध्यक्षतामा सुरु भएको बैठकमा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस महासमिति सदस्य विक्रम सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो । काँग्रेसले पहिलो निर्णयमै लिपुलेक नाकाबाट भारत

खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम

दार्चुला : दार्चुलामा विपद् खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरिएको छ । महाकाली नगरपालिकाको आयोजना र सामुदायिक विकास केन्द्र डोटी, युनिसेफ र युरोपियन युनियनको आर्थिक सहयोगमा महाकाली नगरपालिकाअन्तर्गतका विद्यालयका शिक्षकहरुका लागि जिल्ला सदरमुकाम खलंगामा दुई दिने तालिम आयोजना गरिएको थियो । विपद् खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धीतालिमको उद्घाटन सत्रमा महाकाली नगरपालिका प्रमुख नर सिंह चैसिर, उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, शिक्षा शाखाका