दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते
दार्चुला : जिल्लाको नौगाड गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । नौगाड गाउँपालिका–४ होपरीमा बिहान साढे ८ बजेको समयमा ग ३ च ३३५१ नम्बरको जीप दुर्घटना भएको हो । होपरीबाट होपरीगाड जाँदै गरेको जीप नकधार भन्ने ठाउँ नजिकै दुर्घटनामा परेको स्थानीय केशर सिंह कार्कीले जानकारी दिए । जीप दुर्घटना हुदा जीपमा सवार १० जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते छन् । घाइते हुनेमा मार्मा










