दुुहुँमा प्राविधिक कर्मचारीको फिल्ड भत्तामा ८ लाख ४ हजार १४ रुपैयाँ खर्च
दार्चुला : दुहुँ गाउँपालिकामा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्तामा ८ लाख बढी खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ मा प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ खर्च भएको हो । लेखापरिक्षण प्रतिवेदन अनुसार गाउँपालिकाले ७ जना प्राविधिक कर्मचारीलाई फिल्ड भत्ता वापत ८ लाख ४ हजार १४ रुपैयाँ भुक्तानी गरेको छ । दुहुँ गाउँपालिकाले कर्मचारी फिल्ड सुविधा सम्बन्धी कार्यविधि, २०७९ तयार पारी पालिका र वडामा कार्यरत प्राविधिकहरुलाई








