दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खुल्ने, पाँच पालिकाको पायक पर्ने
दार्चुला : दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । सेवा प्रवाह सहज बनाउन गृह मन्त्रालय मातहतको इलाका प्रशासन कार्यालय स्थापना हुन लागेको हो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय थप्दा दार्चुला पनि समेटिएको छ । इलाका प्रशासन कार्यालय स्थापना गर्ने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ ।सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न इलाका प्रशासन स्थापना










