सेवा प्रवाहबारे प्रशासन कार्यालयको सार्वजनिक सुनुवाई
दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई गरेको छ । कार्यालयले गर्ने सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षा र सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । शुक्रवार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले कार्यालयबाट प्रवाह हुने सेवाहरु, बजार अनुगमन, विपद् प्रतिकार्य योजना, स्थानीय तहहरुसँगको समन्वय बारे जानकारी गराएका थिए । उनका










