६ फिट ३ इन्च लम्बाईको चितुवाको छालासहित ऐर पक्राउ
दार्चुला : दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–७ ऐर गाउँका ५० वर्षीय भान सिंह ऐर रहेका छन् । ऐरलाई शैल्यशिखर नगरपालिका–३ कर्कलेस्थित गोकुलेश्वर मार्मा सडकखण्डबाट चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ऐरको साथमा रहेको कालो झोला चेकजाँच गर्दा झोलामा लुकाइछिपाई लग्दै गरेको अवस्थाबाट










