नजरिया

राप्रपा दार्चुला सङ्गठन विस्तारमा

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले सङ्गठन विस्तार गरिरहेको छ । संगठन विस्तार गर्ने क्रममा आइतवार राप्रपाले जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा वडा समिति गठन गरेको छ । जेष्ठ नागरिक उदय सिंह नगारिको अध्यक्षतामा बसेको आमभेला तथा वडा अधिवेशनबाट हरि सिंह भाटको अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । वडा समितिको उपाध्यक्षमा दिलिप सिंह नगारी, कोषाध्यक्षमा उदय सिंह भाट, सचिवमा

दुम्लिङ, राप्लातिर खाद्यान्नको चामल ढुवानी

दार्चुला : सडकको पहुँचबाट टाढा रहेका ब्याँस गाउँपालिका–२ को दुम्लिङ र राप्लामा खाद्यान्न ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अरुवा मोटो चामल ढुवानी भइरहेको हो । कात्तिक ३० गते मालसम्म ट्याक्टर र त्यहाँबाट दुम्लिङका लागि खच्चडमार्फत चामल ढुवानी गरिएको बिर बेताल ढुवानी सेवाका प्रतिनिधि प्रेम सिंह धामीले जानकारी दिए । मंगलवार राप्ला वितरण केन्द्रका लागि चामल ढुवानी गरिएको छ । गाउँपालिकाले माग गरेअनुसार ब्याँस क्षेत्रका लागि

सबैभन्दा बढी करतिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसँगै ५ करदाता सम्मानित

दार्चुला : सबैभन्दा बढी कर तिर्ने दार्चुलाको ठगुन्ना जनरल स्टोरसहित सुदूरपश्चिमका पाँच करदाता सम्मानित भएका छन् । सोमवार राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय डडेल्धुराले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । आफ्नो सेवा क्षेत्रभित्र पर्ने सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका करदातालाई कार्यालयले सम्मान गरेको हो । आर्थिक २०८१÷०८२ मा सबैभन्दा बढी कर तिरेर सम्मानित हुनेमा दार्चुलाको ठगुन्ना जनरल स्टोर, बैतडीको ग्वाल्लेक निर्माण सेवा प्रालि,

दार्चुलामा दुई थान एकनाले भरुवा बन्दुक फेला

दार्चुला : दार्चुलामा बेवारिसे अवस्थामा दुई थान बन्दुक फेला परेका छन् । सोमवार दिउँसोतिर जिल्लाको अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा दुई थान एकनाले भरुवा बन्दुक फेला परेको हो । जंगलमा लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घरदेशी भाईको चिट्ठी परदेशी दाईलाई

✍️मंगल सिह धामी दाइ मलाई स्वदेशमै स्वाभिमान जोगाउन कति गार्‍हो छ । तपाईलाई परदेशमा अभिमान जोगाउन कत्ति गाह्रो होला । खैर मलाई पुरानो याद आयो स्कुल पढ्दाको तपाईले मलाई भनेर कक्षा चार को महेन्द्र माला भन्दा पुरानो ज्ञान मालाको किताब ल्याउनु भएको थियो नि त्यसमा विदुर नीति कण्ठस्थ गरेको थिए । स्कुल जानू अघिल्लो दिन नै आहा कति सुन्दर वान्की अनार झै कविताका हरफ । ज्ञानि विदुरको नीति बचन प्रष्फुटित

दार्चुलामा एमालेको जागरण सभा

दार्चुला : नेपाल कम्युनिष्ट पार्टी एमालेले आज दार्चुलामा र्यालीसहित जागरण सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटि दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा जागरण सभा आयोजना गरिएको हो । प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत दार्चुलामा जागरण सभा आयोजना गरिएको एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए । नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो । ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं दार्चुला इन्चार्ज

नौगाड गाउँपालिकाले कृषकहरुबाट घ्यु, मह र दाल किन्ने

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुबाट घिउ, मह र दाल किन्ने भएको छ । गाउँपालिकाले सुत्केरी भएका महिलाहरुका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न घ्यु, मह र दाल किन्न लागेको हो । गाउँपालिकामा सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम र उपाध्यक्ष कोसेली कार्यक्रमको साझेदारीमा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई घिउ, मह र दाल वितरण गर्ने कार्यक्रम रहेकाले त्यसको लागि स्थानीय उत्पादन गाउँपालिकाले किन्न लागेको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए । बुधवार गाउँपालिकाका

पूर्ण खोप अभियानका लागि खोपकर्ताहरुलाई अभिमुखीकरण

दार्चुला : दार्चुलामा पूर्ण खोप अभियानका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न गरिएको छ । मंगलवार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा उक्त गोष्ठी सम्पन्न भएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका निमित्त प्रमुख लाल बहादुर बोहराको अध्यक्षतामा रहेको गोष्ठी कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डाक्टर नरेश प्रसाद जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला

जेनजी आन्दोलनमा काँग्रेस, एमाले र माओवादी पार्टी कार्यालयमा ३९ लाख ३९ हजारको क्षति

दार्चुला : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा दार्चुलामा तीन दलका पार्टी कार्यालयमा ३९ लाख ३९ हजार आठ सय रुपैयाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी क्षति नेकपा एमालेको पार्टी कार्यालयमा भएको विवरण छ भने सबैभन्दा कम माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको उल्लेख छ । नेकपा एमाले पार्टी कार्यालयमा १९ लाख ७६ हजार रुपैयाँ बराबरको क्षति विवरण पेश गरिएको छ । यस्तै नेपाली काँग्रेसको पार्टी कार्यालयमा १८

वल्डलिङ्क विद्यार्थीमुखी कार्यक्रम दार्चुलामा सम्पन्न

दार्चुला : वरल्डलिन्क सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको मालिकार्जुन मावि धापमा विधार्थीमुखी कार्यक्रम सम्पन्न गरिएको छ । वरल्डलिंक कम्युनिकेशन (WORLDLINK) को सहयोगमा इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (EWBN) र STEM Karyashala Pvt. Ltd. को आयोजनामा महाकाली नगरपालिका-७ धापस्थित मालिकार्जुन माविमा इन्नोभेसन ‘आई–जात्रा’ सम्पन्न गरिएको हो । यस कार्यक्रममा विधार्थीहरूले सिर्जनात्मक परियोजना र सिकाइहरू प्रस्तुत गरेका थिए। वर्ल्डलिङ्क CSR ले Engineers Without Borders (EWBN) सँग सहकार्य गरी बिगत २ वर्षदेखि नेपालको विभिन्न