स्थानीय

असोज २६ गतेदेखि हराइरहेका धामी मृत फेला

दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ भिडका अन्दाजी ५० वर्षीय अकबिर सिंह धामी बिहीवार साँझ मृत अवस्थामा फेला परेका हुन् । असोज २६ गते घरबाट नौगाड गाउँपालिका–४ सिप्टी जान्छु भनी हिडेका धामी दोस्रो दिन पनि घर नआए खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा बिहीवार फेला परेको आफन्तले बताएका छन् । उनी बाटो भन्दा १००

प्रहरी दिवसमा प्रहरी निरीक्षक रावतसहित ५ प्रहरी सम्मानित

दार्चुला : प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित ५ प्रहरी सम्मानित भएका छन् । उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जना प्रहरी कर्मचारी ६९ औँ प्रहरी दिवसको अवसरमा एक समारोहका बीच सम्मानित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक केशव

महाकाली र समैजि महिला सशक्तीकरण केन्द्रले मनाए वार्षिकोत्सव

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–९ र मालिकार्जुन गाउँपालिका–७ स्थितका महाकाली महिला सशक्तिकरण केन्द्र र समैजि महिला सशक्तिकरण केन्द्रले आफ्नो वार्षिकोत्सव मनाएका छन् । विविध कार्यक्रमका साथ वार्षिक साधारण सभाको आयोजना गरिएको हो । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएस नेपालद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएका उक्त महिला सशक्तीकरण केन्द्रहरुले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर लिला चैसिर धामीले जानकारी दिए । असोज

अनेरास्ववियुद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

दार्चुला : दशैँ, तिहार तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आइतवार कार्यक्रम गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, हिरा सिंह धामी, उमेश सिंह

शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्द्रले मनायो प्रथम वार्षिकोत्सव

दार्चुला : लेकम गाउँपालिका–३ रतौडास्थित शत्तेश्वर महिला आर्थिक सशक्तीकरण केन्दले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएसद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएको उक्त सशक्तीकरण केन्द्रले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । प्रथम वार्षिक उत्सव कार्यक्रमका अवसरमा केदार आधारभूत विद्यालय रतौडाका बालबालिकाहरु माँझ हाजिरी जवाफ प्रतियोगिता गराई शैक्षिक सामग्री वितरण गरिएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर जगत सिंह ऐेरीले जानकारी दिए

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिहीबार राति दशरथचन्द नगरपालिका–३ को छेलाबाट दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन्। घाइते मध्ये दिलिपको

गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता

दार्चुला : दार्चुलाको गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित् भोलिया घर भएका २५ वर्षिय किरन चन्द गत शनिवारदेखि बेंग्लोरमा बेपत्ता भएका हुन् । रोजगारीको शिलशिलामा बेंग्लोरको माराथली बजार पुगेका चन्द त्यहाँ पुगेको केही समयपछि गत शनिवारदेखि बेपत्ता भएको उनको पारिवारीक स्रोतले जनाएका छन् । चन्द अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी बेपत्ता भएपछि खोजीका लागि आफन्तले सबैलाई आग्रह गरेका छन्। उनलाई कसैले कहीँ कतै देखे

बसपार्क क्षेत्रमा प्रहरीको यात्रु सहायता कक्ष

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम स्थितको बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेका चाडपर्वलाई मध्यनजर गरेर महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बुधवार यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याइएको छ । नजिकै आइरहेका दशैँ, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ति राज जोशीले

अनेरास्ववियुद्वारा अनाथ छात्रावासका बालबालिकाका लागि आर्थिक सहयोग

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले महेन्द्र नमुना माविको अनाथालय छात्रावासमा बस्ने बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । छात्रावासमा बस्ने बालबालिकाहरुको व्यवस्थापनको लागि चार हजार सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्नासहितको टोलीले आइतवार महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको

शैल्यशिखरमा विष्टद्वारा पदभार ग्रहण, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइएका सुरेन्द्र बहादुर विष्टद्धारा पदभार ग्रहण गरिएको छ । शिक्षा अधिकृत आठौं विष्टले शुक्रवार पदभार ग्रहण गर्नुभएको हो । शुक्रवार एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत विष्टले पद बहाली गरेको तथा नगरपालिकाको तर्फबाट स्वागत गरिएको शैल्यशिखर नगरपालिकाका प्रवत्ता भरत बहादुर खडायतले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २८ गते नगरपालिकालाई पत्राचार गर्दै शिक्षा सेवा, प्रशासन समूह, अधिकृत