मधेसमा जनमतका सिंह मुख्यमन्त्री बन्दै, आजै शपथको तयारी
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा आज सकिन लागेसँगै सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्। जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन