विचार

घरदेशी भाईको चिट्ठी परदेशी दाईलाई

✍️मंगल सिह धामी दाइ मलाई स्वदेशमै स्वाभिमान जोगाउन कति गार्‍हो छ । तपाईलाई परदेशमा अभिमान जोगाउन कत्ति गाह्रो होला । खैर मलाई पुरानो याद आयो स्कुल पढ्दाको तपाईले मलाई भनेर कक्षा चार को महेन्द्र माला भन्दा पुरानो ज्ञान मालाको किताब ल्याउनु भएको थियो नि त्यसमा विदुर नीति कण्ठस्थ गरेको थिए । स्कुल जानू अघिल्लो दिन नै आहा कति सुन्दर वान्की अनार झै कविताका हरफ । ज्ञानि विदुरको नीति बचन प्रष्फुटित

देउसी–भैलोको मर्म र आधुनिकताको प्रभाव

✍️अमित जोशी तिहार — उज्यालो, प्रेम र सम्बन्धको त्यो पर्व, जसले केवल घरको अन्धकार होइन, मनको अन्धकार पनि हटाउँछ। हाम्रो समाजमा तिहारको रौनक त्यतिबेला मात्र पूरा हुन्छ, जब गाउँभर “देउसी रे! भैलो रे !” को स्वर गुञ्जिन्छ। देउसी–भैलो केवल गीत होइन, त्यो हाम्रो पुर्खाको आवाज हो। त्यो हाम्रो संस्कृतिको नाडी, समाजको एकताको संगीत र हाम्रो अस्तित्वको उज्यालो हो। तर आजको परिवेशमा यो परम्परा पनि परिवर्तनको घेरामा छ कसैले यसलाई आधुनिकताको

माननीय जी हारेको, खाननीय जी जितेको मेरो प्रदेश

पुलेन्द्र कार्की मुलुक संघीयतामा प्रवेश गर्यो, तीनै तहहरुमा आम निर्वाचन सम्पन्न भयो, तीनै तहहरूमा सरकार बने, जनताको सर्वोच्चता व्यवहार मै देखिने खुसहालीको अपेक्षा सबैतिर सन्चार भयो । संघीयता किन ? भनि प्रश्न सोध्दा, राजनीतिशास्त्रले संघीयता (Federalism) भनेको सत्ताको बाँडफाँटको प्रणाली हो, जहाँ एक देशको सरकार दुई वा बढी तहमा विभाजित हुन्छ, प्रत्येक तहले संविधानद्वारा तोकिएका अधिकार र कर्तव्य अनुसार काम गर्छ र सत्ताको विकेन्द्रीकरण, समावेशी शासन, स्थानीय विकास र आत्मनिर्णय,

“मेरो सपनाको धाप”

✍️ विशाल सिंह रैखोला दार्चुला जिल्ला महाकाली नगरपालिका-७ धाप अरूका लागि केवल धाप हो । एउटा गाउँ हो। तर, मेरा लागि भने यो जन्मभूमि हो । स्वर्ग हो। भनिन्छ नि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हुन्छन्। म सामान्यतया सपना देख्ने मान्छे हुँ र मैले मेरो गाउँ धापको हितमा सपना देखेको छु। के भविष्यमा धाप यस्तो होला त ? मैले सपनामा देखेको छु धाप अब

कुशासनले निसासिएको गणतन्त्र

सामान्य घर परिवारमा हुर्केर साधारण जीवनशैली बाँचि रहेको नागरिक राजनितीमा पस्छ । दु:ख संघर्ष गर्छ र जनता पार्टी कार्यक्रताले पत्याउछन् नेता बन्छ । अनि उस्को जनता कार्यक्रता संगको सम्वन्ध विस्तारै पातलिदै जान्छ । नौकरशाह, पुजीपती, व्यवसायी र बिचौलियाहरूसंग सम्वन्ध बाक्लिदै जान्छ । उस्को जीवनको गुणस्तरमा कुनै आयमुलक धन्दा व्यवसाय बिना नै चमत्कारीक रुपन्तारण हुन्छ, वङला, गाडी, व्रान्डेड जुत्ता लुगा देखि चश्मा हुदै रसपानसम्म उसको उपभोग्य क्षमतामा लोभ लाग्ने गरी बृद्धी

झोले प्रवृत्तिले मौलाएको नेताराज

लेख : राजनैतिक परिवर्तनको लागि लामो संघर्ष, त्याग र बलिदानमयी मुल्य चुकाउने थोरै देशहरू भित्र हाम्रो देश नेपाल पनि पर्दछ। सन १९०० को चौथो दशकदेखि सन २००० को दोस्रो दशकसम्म झण्डै आठ दशक लामो संघर्षको सुरुवात, कोतपर्वले भुमिकामा ल्याएको र भण्डारखाल पर्वले स्थापित गरेको कुलिनतन्त्र राणा शाही हटाए संगै समाप्त भएन् । २००७ सालको क्रान्ती राणा शासनको अन्त्य र सकिृय राजतन्त्रको उदयका लागि थिएन्, बरू राजा र जनतालाई एकै साथ

दलनिकट संघसंगठनहरूले शैक्षिक क्षेत्रमा पारेको प्रभाव

लेख : शिक्षा क्षेत्र कुनै पनि राष्ट्रको समुन्नतिको आधार र मेरुदण्डको रूपमा लिइन्छ, र यसको प्रभावकारी र गुणस्तरिय व्यवस्थानले राज्य सञ्चालनको दक्षता निर्धारण गर्छ । तर, नेपालको सन्दर्भमा हेर्दा शिक्षा क्षेत्र गम्भीर संकटमा परेको छ, जसको मूल कारण राजनीतिक भागबण्डा र हस्तक्षेप हो । यस्तो हस्तक्षेप शिक्षामा संलग्न राजनीतिक रूपले आबद्ध शिक्षक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरूले निरन्तर गरिरहेको सक्रिय भूमिकासँग सम्बन्धित छ। यिनै संगठनहरू राजनीतिक दलको आडमा स्वार्थसिद्धिका लागि

निर्णयमा निर्ममता, चरित्रमा पवित्रतासहितको नेतृत्व आजको आवश्यकता

‘ए पेड काहे का है’ भन्दै मकैको बुटा नचिन्नेले भेडाको थुन कति वटा हुन्छ भनि सोध्नेले कृषि र पशुपालनको नाँउमा राज्यकोष बाट करोडौ अनुदान पाउँछ । गाँउमा हलो जोत्दै, भेडी गोठ सोहर्दै कुप्रिएको किसानले किन्न मल पाउदैन्, छेरिएको भेडीलाई ओखति मुलो पाउदैन, अनि त्यो किसानले लोकतन्त्र ठीक भन्दै उभिनु पर्ने ?घरखेत बेचविखन गरी सन्तानलाई जागिर खाला भनि लेखपढ गराउनु पर्ने, सीप सृजनारहित फगत डिग्रीको पातो हात लागेर लोकसेवामा भिडदा भिडदै

खुद्रा होइन् थोकमा परिवर्तन आट्ने नेतृत्व गगन

विचार : मुलुकले लोकतान्त्रिक अभ्यास गरेको झण्डै साढे तीन दशक पूरा भएको छ । यस अवधिलाई ४ वटा खण्डमा विभाजन गरी अध्ययन गर्दा २०४६ देखि २०५१ को प्रारम्भिक अवधि भित्र पन्चायतले सुकेनास ग्रस्त बनाएको राष्ट्रिय अर्थतन्त्रलाई आर्थिक उदारीकरणको माध्यमद्वारा पोषित गर्दै राष्ट्रिय संचित कोषमा तेब्बर वृद्धि, आर्थिक वृद्धि दरमा दोहरो अंकको वृद्धि, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी परिचालनको अनुकुलता सृजना जस्ता राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक गतिशीलत तर्फ अगाडी बढाउने कामहरू भएको पाइन्छ ।

महाकालीको विकासका लागि कसको भूमिका कति ?

✍️विशाल रैखोलानेपालको संविधान बमोजिम राज्य पुनः संरचना भए बमोजिम सुदूरपश्विम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तु (साविक अपी नगरपालिका वडा नम्बर ४ देखि १७ सम्म र दत्तु गा.वि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पवित्र धर्मस्थल मानसरोवरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरुमा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो ।स्थानीय तहको निर्वाचनबाट २०७४ सालमा