बैतडीमा विद्युतको पोल छुदा करेन्ट लागेर बालकको मृत्यु
बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ गिरीबगरका केशब कोलीका १३ वर्षीय छोरा किरण कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेका कोलीको विद्युतको पोलमा छुदाँ गम्भीर घाइते भएका थिए । घाइते कोलीलाई उपचारको लागि गोकुलेश्वर अस्पताल पु¥याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी