विशेष

काँग्रेसका धर्मानन्द जोशीको चुनावी खर्च २८ लाख

दार्चुला : प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसका उम्मेदवार धर्मानन्द जोशीले निर्वाचन आयोग समक्ष चुनावी खर्च विवरण बुझाएका छन् । उनले निर्वाचन आयोगमा बुझाएको विवरणमा २८ लाख तीन हजार आठ सय १२ रुपैयाँ ९० पैसा खर्च गरेको उल्लेख छ । जोशीले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली खरिदका लागि तीन हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीअन्तर्गत स्पीकर खरिद २ लाख ७६ हजार ८५० रुपैयाँ, नमूना मतपत्र, पम्पलेट, प्रतिज्ञा पत्र छपाईमा

दार्चुलामा नेकपाका जोशीसहित ८ उम्मेदवारको जमानत जफत

दार्चुला : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलामा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मण दत्त जोशीसहित आठ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१(१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ । दार्चुलामा कुल ४७ हजार ८ सय ९० मत सदर भएकोमा जमानत जोगाउन कम्तीमा ४ हजार ७ सय ८९

मालिकार्जुनको एम्बुलेन्समा पाइप भेटिदा बरामद

दार्चुला : बुधबार मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्समा खानेपानीको पाइप फेला पर्दा बरामद गरिएको छ । शैल्यशिखर नगरपालिका-६ स्थित पनेबाँजबाट प्रहरीले पाइप बरामद गरेको हो । बुधबार बिहान जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका केन्द्र गइरहेको पालिकाको एम्बुलेन्समा पाइप र एक मौरीको घार फेला पर्दा बरामद गरिएको छ । मालिकार्जुन प्रहरीले उक्त पाइप नियन्त्रण लिइ चौकी लगेको छ । एम्बुलेन्स चालक जय सिंह धामीका अनुसार मालिकार्जुनबाट बिरामी लगेर जिल्ला अस्पताल दार्चुला छाेडेर फर्कने

मतगणना खलंगास्थित महेन्द्र माविमा हुने

दार्चुला : भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र माविको भवनमा हुने भएको छ । प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको दार्चुलाको मतदानको मतगणना महेन्द्र माविमा कायम गरिएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए । बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै महेन्द्र माविमा मतगणना स्थल कायम गरिएको जनाएको छ । उक्त सूचनामा सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र

दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार

दार्चुला : दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतवार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका-३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो ।  राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमवार राति साढे ८ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेम राज भट्टले जानकारी दिए ।  कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका

साढे आठ लाखमा निर्मित बहुउद्धेश्यीय सिँचाई ट्याङ्की हस्तान्तरण

दार्चुला : लेकम गाउँपालिका–३ रतौडामा निर्माण गरिएको बहुउद्धेश्यीय सिँचाई ट्याङ्की हस्तान्तरण गरिएको छ । सामुदायिक ग्रामिण विकास समाज नेपालको ७ लाख र लेकम गाउँपालिकाको १ लाख ५० हजार लगानीमा निर्माण गरिएको बहुउद्धेश्यीय सिँचाई ट्याङ्की एक हस्तान्तरण गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपालका कार्यक्रम संयोजक मान सिंह कार्कीले जानकारी दिए । निर्माण सम्पन्न सिँचाई ट्याङ्कीको सोमवार संयुक्त अनुगमन गरी योजनाको सार्वजनिक सुनुवाईका साथ हस्तान्तरण गरिएको उनले बताए । लेकम गाउँपालिकामा ट्रोसा

जनताको सेवक बन्न चाहन्छु : काँग्रेस उम्मेदवार जोशी

दार्चुला : नेपाली काँग्रेस दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धर्मानन्द जोशीले आफू जनताको सेवक बन्न राजनीतिमा आएको बताउनुभएको छ । शनिवार नेपाली काँग्रेसले मार्मा गाउँपालिकामा आयोजना गरेको आमसभामा बोल्दै उनले आफ्नो उम्मेदवारी सांसद बन्न मात्रै नभई जनसेवक बन्न भएको बताएका हुन् । उनले भने– ‘यहाँका ग्रामीण क्षेत्रका जनताका दुःख, पीडा र जीवन मैले बुझेको छु । म त्यही जनताका आवाज संसदमा पुगाएर जनताको सेवक बनी जनसेवामा जीवन समर्पण गर्न

पाँच वर्षे दृष्टि राखेर दार्चुला काँँग्रेसले सार्वजनिक गर्‍यो प्रतिज्ञा पत्र

दार्चुला : नेपाली काँँग्रेस दार्चुलाले पाँच वर्षे दृष्टि राखेर प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार जिल्लाको गोकुलेश्वरमा एक कार्यक्रमका बीच काँँग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको हो । यस्तो छ प्रतिज्ञा पत्र

राप्रपा दार्चुलाको सम्पर्क कार्यालय स्थापना

दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाको सम्पर्क कार्यालय स्थापना गरिएको छ । चुनाव लक्ष्यित सम्पर्क कार्यालय स्थापना गरिएको हो । महाकाली नगरपालिका-४ स्थित माइती लजको भवनमा सम्पर्क कार्यालय स्थापना गरिएको राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीले जानकारी दिए । सम्पर्क कार्यालय बसपार्क नजिकै भएकाले पनि चुनावी कार्यक्रमका गतिविधि र अन्य खटनपटनका क्रियाकलापमा सहजता हुने बताइएको छ । सम्पर्क कार्यालय राप्रपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेश चन्द, समानुपातिक उम्मेदवार धाना देवी लुहार,

महाकाली स्वच्छता अभियानलाई सँगसँगै लग्ने र समन्वय गर्ने समझदारी

दार्चुला : नेपाली र भारतीय पक्षबीच महाकाली नदीको स्वच्छता अभियानलाई सँगसँगै लग्ने र एक आपसमा समन्वय गर्ने समझदारी भएको छ । अक्सफार्म नेपालको आर्थिक सहयोगमा सीआरडीएस नेपालद्धारा सञ्चालित ट्रोसा दोस्रो परियोजनाअन्तर्गत मालिकार्जुन गाउँपालिका–७ जोलजिवीमा बसेको अन्तर देशिय समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल र भारततर्फका सरोकारवाला पक्षहरु बीच यस्तो समझदारी भएको हो । सोमवार वडा नम्बर ७ जोलजिवीको समन्वयमा समैजी महिला आर्थिक सशक्तिकरण केन्द्रको आयोजनामा महाकाली स्वच्छता अभियान र महाकाली