क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न
दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा जेठ १४ गतेदेखि संचालन गरिएको क्रियाकलापमा आधारित बालकेन्द्रित सिकाई शिक्षक तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तीन चरणमा संचालन गरिएको तालिम असार १ गते सम्पन्न गरिएको हो । जेठ १४ गतेदेखि जेठ २० गतेसम्म सञ्चालन गरिएको पहिलो चरणको तालिममा आधारभूत तहमा शिक्षण गर्ने विभिन्न विद्यालयका २१ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।दाेस्राे चरणमा पनि आधारभूत तहमा शिक्षण गर्ने