दार्चुलाको सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु खारेज, टिंकरमा अध्यागमन खोलिने
दार्चुला : सरकारले दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु, दार्चुला खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सीमा प्रशासन कार्यालय व्याँस, छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज