समाचार

विश्व फार्मासिष्ट दिवस विविध कार्यक्रम गर्दै मनाइयो

कैलाली : धनगढीमा विश्व फार्मासिष्ट दिवस मनाइएको छ। बिहीबार सेप्टेम्बर २५ का दिन नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा फार्मासिष्ट दिवस मनाइएको हो। दिवसका अवसरमा बिहान धनगढीको जेन जी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले संयुक्त र्याली निकालेको थियो ।र्यालीपश्चात् देव तालिम केन्द्रमा स्वास्थ्य क्षेत्र सङ्ग सम्बन्धित विभिन्न स्वास्थ्यकर्मीहरुको उपस्थितिमा फार्मेसी पेशा : अवसर,

महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए

दार्चुला : जिल्लाकै उलेख्य विद्यार्थी संख्या भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र मावि खलंगामा कार्यरत प्रशिक्षक र विद्यालय कर्मचारी गरी १५ जना हटाइएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट तलब सुविधा प्राप्त गर्ने प्रशिक्षक र कर्मचारी गरी १५ जनालाई हटाइएको हो । भदौ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले १५ जना कर्मचारीलाई भदौ मसान्तपछि हाजिरमा रोक लगाउने निर्णय गरेको महेन्द्र माविले जनाएको छ । हटाइनेमा प्रशिक्षक ईन्जिनियर सुरेश बोहरा, ईन्जिनियर बिरेन्द्र

दार्चुलामा रेविजविरुद्धको निःशुल्क खोप लगाइदै

दार्चुला : दार्चुलामा विश्व रेविज दिवसको अवसर पारेर सप्ताहव्यापी रेविजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरिएको छ । सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गतेको विश्व रेविज दिवसको अवसरमा सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लाल बहादुर बोहराले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अनुसार सामुदायिक तथा घरपालुवा कुकुर बिरालोलाई रेविज विरुद्धको खोप लगाइने उनले बताए । आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई

दार्चुला जिल्ला अदालतका सम्पूर्ण सेवा बन्द

दार्चुला : दार्चुला जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । मंगलवार रातिदेखि प्रशासनले जारी गरेको कफ्र्यु आदेशका कारण अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको हो । बुधवार बिहान जारी गरिएको सूचनामा दार्चुला जिल्लाभरि भएको कफ्र्यु आदेशका कारण आवागमनमा भएको अवरोधबाट उत्पन्न विषम परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवं कानून व्यवसायीहरुको असहजतासमेतलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द

दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

दार्चुला : दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी आदेशमा आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिको प्रभाव दार्चुला जिल्लामा समेत परेको, पार्टी कार्यालयहरु तोडफोड गरेको, अन्य सरकारी कार्यालय लगायतमा क्षति पुर्याउन सक्ने देखिएकाले शान्ति व्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको मंगलवारको सिफारिस बमोजिम भदौ २४ गते राति

निजामती कर्मचारी युनियन स्थापना दिवस : अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण 

दार्चुला : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको महाकाली नगरपालिकास्थित महेन्द्र माविको छात्रावास र दुहुँ गाउँपालिका-४ धारीस्थित आवासीय अनाथालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र माविको छात्रावासमा रहेका २० जना अनाथ/टुहुरा बालबालिकाहरुलाई नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा प्रति विद्यार्थी एक दर्जन कापी र कलम वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन दार्चुलाका सचिव राकेश

अहिलेसम्म आरोहण नगरिएको अपीहिमाल चढ्न १५ जनाको टोली आउँदै

दार्चुला : अहिलेसम्म सफल आरोहण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको आरोहण गर्न १५ सदस्यीय टोली आउँदैछ । १५ जनाको आरोही टोली दार्चुलाका लागि शुक्रवार काठमाडौँबाट हिडेको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) द्वारा आयोजित बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आरोहीको टोलीलाई बिदाइ गरेका हुन् । आरोही टोलीलाई मन्त्री पाण्डेले बिदाई गर्दै पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद् क्षण भएको

गृहमन्त्री लेखकको निजी सचिवमा उपाध्याय

दार्चुला : गृहमन्त्री रमेश लेखकका निजी सचिव फेरिएका छन् ।  हाल कार्यरत उपसचिव तथा निजी सचिव बद्रीप्रसाद तिवारीलाई म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएपछि उनको स्थानमा उपसचिव दिर्घराज उपाध्यायलाई निजी सचिवको जिम्मेवारी दिने निर्णय भएको छ । सहज र इमान्दार मानिने उपाध्याय यसअघि दार्चुला र बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो जाँदा दुई घरमा क्षति, परिवार विस्थापित

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका-२ गोतपानीमा पहिरो खस्दा दुई घरमा क्षति पुगेको छ । आइतवार राति ११ बजेतिर पहिरो खसेको हो । पहिरोले स्थानीय कालू राम कामी र ऐत कामीको घरमा क्षति पुगेको वडा नम्बर २ का वडा सदस्य नरेन्द्र धामीले जानकारी दिए । पहिरोले त्यहाँ बस्न नमिल्ने गरी जमिन भाँसेको उनले बताए । घरमुनिबाट जमिन भाँसिएर पहिरो गएको हो । पहिरोका कारण त्यँहा जग्गा जमिनमा क्षति पुर्याएको छ ।

गाउँघरमै राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता प्रदान

दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा घुम्ती सेवा सञ्चालन गरी नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन १२ गतेदेखि साउन १७ गतेसम्म सेवा सञ्चालन गरि नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएको हो । जेष्ठ नागरिक, अशक्त, असहाय र एकल महिला/पुरुषको सहजताका लागि स्थानीय तहको समन्वय र सहयोगमा गाउँघरमै गएर सेवा दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एवं सहायक प्रमुख