महाकाली र शैल्यशिखरमा आँखा शिविर सञ्चालन हुने
दार्चुला : दार्चुलाका दुई स्थानीय तहमा आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली र दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन हुन लागेको हो । माघ ४ गतेदेखि माघ १० गतेसम्म दार्चुलामा आँखा शिविर सञ्चालन हुने आयोजक गेटा आँखा अस्पतालका डाक्टर सुरेश राज पन्तले जानकारी दिए । उनका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वरमा माघ ४ देखि माघ