स्थानीय

बालक्लव पदाधिकारीहरुलाई तालिम

दार्चुला : दुहुँ गाउँपालिकाका बालक्लव पदाधिकारीहरुलाई तालिम दिइएको छ । दुहुँ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा दुहुँ गाउँपालिकाअन्तर्गत ५ वटै माध्यमिक विद्यालयका बालक्लबका पदाधिकारीहरूलाई तालिम दिइएको हो । बालक्लव पदाधिकारीहरुलाई बाल अधिकार, बाल संरक्षण, बाल विवाह तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम दिइएको सामुदायिक ग्रामिण विकास समाज नेपालका उदय बोहराले जानकारी दिए । तालिममा गाउँपालकाका ५ वटा

घरमा वृद्ध बुवा मुर्रयाल बिते, छोराहरु छन् यार्सा खोज्न लेकतिर

दार्चुला : व्याँस गाउँपालिका–२ मालगाउँका ८० वर्षीय गगन सिंह बोहरा (मुर्रयाल) को मृत्यु भएको छ । एक्ली वृद्ध श्रीमतीसहित रहेका बोहराको सोमवार बिहान मृत्यु भएको हो । मृतक बोहराका छोराहरु यार्सागुम्बा संकलनका लागि दुधिवन क्षेत्रमा गएकाले शवको अन्त्येष्टिका लागि गाउँलेहरुले उनीहरुलाई कुरिरहेका छन् । दुधिवन क्षेत्रमा फोन नेटवर्क नभएकाले घरमा मृत्युको खबर उनीहरु सम्म पुगेको छैन् । गगनको सोमवार बिहानै मृत्यु भएको तथा यसबारेमा छोराहरुसँग सम्पर्क हुन नसक्दा समस्या भइरहेको

लेकम गाउँपालिका–५ मा फोरजीको नेटवर्क समस्या

दार्चुला : लेकम गाउँपालिका–५ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । वडामा फोरजी टावर जडान गरिएको भएपनि नेटवर्क समस्या देखिएको हो । वडाको चनैलामा २०८१ चैत ११ गतेदेखि फोरजी सेवाको नेटवर्क जडान गरिएको भएपनि त्यस क्षेत्रमा फोरजी सेवाले काम नगर्ने गरेको स्थानीयहरुले बताएका छन् । फोरजी नेटवर्कको समस्या सामाधान गरिदिन वडामा स्थानीयहरुको भेला बसेर सामूहिक रुपमा वडाको तर्फबाट नेपाल टेलिकमलाई समस्या समाधानका लागि आग्रह गरिएको लेकम गाउँपालिका वडा नम्बर

हावाहुरीले गरडा मावि भवनको छानो उडायो, जस्तापास्ता यत्रतत्र

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ मा रहेको गरडा माध्यमिक विद्यालय बाँकुको भवनको छानो हावाहुरीले उडाएको छ । सोमवार दिउँसो तीन, चार बजेतिर परेको पानीसहितको हावाहुरीले विद्यालयको छाना उडाएको हो । हावाहुरीले विद्यालय भवनको जस्तापाताले छाएको छाना उडाएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनुभयो । तीन कोठे जस्तापाताले छाएको भवनको छाना पूर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीले छाना उडाएर टाढा टाढासम्म पुगाएको छ । विगतमा वर्षा हुँदा चुहिने समस्या रहेको

जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाको समन्वयमा प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको हो । जिल्ला हुलाक कार्यालयबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले प्रशासनमै

निवर्तमान अध्यक्ष धामी जिल्लाका समस्या लगेर विभिन्न मन्त्रालय धाउँदै

सुन्दर सिंह धामीदार्चुला : मालिकार्जुन गाउँपालिका निवर्तमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी अहिले पालिकाका समस्याहरुको पोकोसहित मन्त्रालय तथा तिनका विभागहरुमा प्रत्येक दिन धाउने गरेका छन् । ग्रामीण बस्तीका प्रमुख समस्याहरु लिएर उहाँ अधिकांस समय अहिले मन्त्रालयमा भेटिने गरेका छन् । पछिल्लो समय राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा भैरहेको बेला आफ्नो नीजि स्वार्थ भन्दामाथि उठेर धामी निरन्तर जनताको सेवामा तल्लिन छन् । तत्कालिन मालिकार्जुन गाउँपालिकाका अध्यक्ष रहेकां नेपाली काँग्रेस दार्चुलाका

भारतको तटबन्ध निर्माण कार्य रोक्न एमालेको माग

दार्चुला : दार्चुलास्थित महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न एमालेले माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएर एकतर्फीरुपमा निर्माण भइरहेको तटबन्धको काम रोक्न माग गरेको हो । दार्चुलाको महाकाली नगरपालिका–५स्थित बिरेन्द्र वन पारिपट्टि भारतले तटबन्ध निर्माण गरिरहेको छ । वि. सं. २०७० सालमा महाकालीमा आएको बाढीले नेपालतर्फको धार परिवर्तन गरी भारततर्फ पुयाएकोमा अहिले आएर उक्त

चौलानी नदीमा पुरुषको शव फेला

दार्चुला : दार्चुलाको चौलानी नदीमा वेवारिसे शव फेला परेको छ । बुधवार दिउँसो लेकम गाउँपालिका–१ खेतालस्थित चौलानी नदीमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । शवको पहिचान हुन नसकेको उनले बताए । नदीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले शवको पहिचानका लागि मृतकको फोटो

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

दार्चुला : काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान रहेको भएपनि शिक्षक तथा विद्यालय कर्मचारीहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएको हो । दार्चुलामा पनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको छ । जिल्लाको महेन्द्र मावि खलंगा, मालिकाकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको पशुपति भवन मावि ग्वानी, लेकम गाउँपालिकाको लटिनाथ मावि चौपाता, अपिहिमाल गाउँपालिकाको डाडाबाग आवि

दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु

दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् । आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी