दार्चुला : काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान रहेको भएपनि शिक्षक तथा विद्यालय कर्मचारीहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएको हो ।
दार्चुलामा पनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको छ । जिल्लाको महेन्द्र मावि खलंगा, मालिकाकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको पशुपति भवन मावि ग्वानी, लेकम गाउँपालिकाको लटिनाथ मावि चौपाता, अपिहिमाल गाउँपालिकाको डाडाबाग आवि लगायतका विद्यालयले विद्यार्थी भर्ना अभियानका कार्यक्रम स्थगन गरेका छन् ।
उनीहरुले शिक्षक महासंघ, शिक्षक कर्मचारी आन्दोलनका कारणले सिर्जना गरेको शैक्षिक हडतालका कारण अर्को सूचना नभएसम्मको लागि पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेको जनाएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?