दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु
दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् । आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी










