दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु

दार्चुलामा ट्याङ्करको ठक्करबाट ऐरीको मृत्यु


दार्चुला : दार्चुलामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका–५ बस्ने ५५ वर्षीय हरिश सिंह ऐरी रहेका छन् ।

आइतवार दिउँसो साढे ३ बजेको समयमा नौगाड गाउँपालिका–५ सौकेबगरस्थित गोकुलेश्वर–नौगाड भित्रि सडकखण्डमा ब्रज ग्रुप कन्ष्ट्रक्सनको बा ३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करले सडक छेउमा रहेका ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुृर रावतले जानकारी दिए ।

ऐरी निर्माणाधिन सडकखण्डको छेउमा पल्टिएको (लम्पसार) अवस्थामा रहेका थिए । ठक्कर दिने ट्याङ्कर र चालक संखुवासभाको चैनपुर नगरपालिका–७ बस्ने २४ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावतले बताए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *