पवित्र महाकाली स्वच्छता अभियानलाई साथ दिदै, गुरु पूर्णिमाका दिन दीप प्रज्वलन
दार्चुला : गुरु पूर्णिमाका दिन लेकम गाउँपालिका-३ लालीस्थित महाकाली किनारको शिवालयमा दीप प्रज्वलन गरिएको छ । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुला द्वारा संचालित ट्रोसा दोस्रो परियोजनाअन्तर्गत गठन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र लेकम गाउँपालिका-३ लालीले गुरु पूर्णिमाको अवसर पारी पुलघाटस्थित शिवालयमा दीप प्रज्वलन गरेको हो । महाकाली नदी स्वच्छता अभियानलाई समर्थन गर्दै दीप प्रज्वलन गरिएको जगन्नाथ महिला आर्थिक सशक्तीकरण केन्द्र