अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने
दार्चुला : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिहिमालको बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने चार हजार मिटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिन लागिएको हो । पर्यटन प्रवर्द्धनका माध्यमबाट यो क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले योग शिविर आयोजना गर्न लागिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।शिविर जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा आयोजना गरिने उहाँले