रास्वपाका सामन्तको चुनावी खर्च २२ लाख ६९ हजार
दार्चुला : प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट रास्वपा उम्मेदवार राजेश सिंह सामन्तले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । फागुन २९ गते सामन्तले आफ्नो निर्वाचन खर्च विवरण आयोगलाई बुझाएका हुन् । उनले सार्वजनिक गरेको निर्वाचन खर्चमा प्रचारप्रसार सामग्री खरिदमा २ लाख ३१ हजार ७५० रुपैयाँ, छपाई र फोटोकपिमा १ लाख २ हजार ६२० रुपैयाँ, सवारी साधन भाडामा ४ लाख ४१ हजार १९० रुपैयाँ, वडा, पालिकास्तरमा प्रचारप्रसारमा ११ लाख ७० हजार










