नौगाड गाउँपालिकाले कृषकहरुबाट घ्यु, मह र दाल किन्ने
दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले किसानहरुबाट घिउ, मह र दाल किन्ने भएको छ । गाउँपालिकाले सुत्केरी भएका महिलाहरुका लागि स्थानीय उत्पादनमा आधारित खाद्यान्न घ्यु, मह र दाल किन्न लागेको हो । गाउँपालिकामा सञ्चालित बहुक्षेत्रिय पोषण कार्यक्रम र उपाध्यक्ष कोसेली कार्यक्रमको साझेदारीमा स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुलाई घिउ, मह र दाल वितरण गर्ने कार्यक्रम रहेकाले त्यसको लागि स्थानीय उत्पादन गाउँपालिकाले किन्न लागेको उपाध्यक्ष जगत सिंह ठगुन्नाले जानकारी दिए । बुधवार गाउँपालिकाका










