दार्चुला : भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा दार्चुलाको ब्याँस गाउँपालिका—१ का स्थानीयलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल—भारत मैत्री संघ दार्चुला शाखाको आयोजनामा ब्याँस गाउँपालिका—१ छाङ्रु र तिंकरका विपन्न र एकल घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
छाङ्रुस्थित श्री कैलाशपती आविको भवनमा छाङरु र तिङ्करका अतिविपन्न तथा एकल परिवारलाई चामल, चिनी, तेल लगायत खाद्यान्न वितरण गरिएको नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य बासुदेव ऐतवालले जानकारी दिए ।
शुक्रवार एक कार्यक्रमका बीच नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्य बासुदेव ऐतवालले वडा नम्बर १ छाङरुका ३४ जना विपन्न तथा एकल परिवार र तिंकर गाउँका १५ विपन्न तथा एकल परिवारलाई प्रति घरपरिवार २६ किलोग्राम चामलको कट्ठा, २ किलोग्राम चिनी र १ लिटर खाने तेल वितरण गरिएको छ ।
भारतले आज ७९ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । १९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?