थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना : एकको मृत्यु, १० घाइते

थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना : एकको मृत्यु, १० घाइते


दार्चुला : दार्चुलाको थालिगाड निसिल सडक खण्डमा जीप दुर्घटना भएको छ । महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ को निसिलतर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप आइतवार दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

मृतक २८ वर्षीय नरेश बहादुर पाल रहेका छन् । यस्तै घाइते हुनेमा वर्ष ४० को अम्मर सिंह धामी, वर्ष १४ को त्रिभुवन पाल, वर्ष २७ को भान बहादुर पाल, २४ वर्षीय लोकेन्द्र धामी, २८ वर्षीय पंकज पाल, जय बहादुर पाल, १८ वर्षीय जनक धामी, २४ वर्षीय सुभम पाल, १९ वर्षीय रोजिन पाल र ओम प्रकाश ढाट रहेका छन् ।

जीप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव उपरीक्षक गौरव महतको टोली खटिएको थियो । घाइतेको उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । यस्तै मध्यम घाइते ४ जनालाई धनगढी रेफर गरिएको छ । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *