दार्चुला : दार्चुलामा साइकलबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो महाकाली नगरपालिका–४ स्थित रिङ्नतालको ओरालो सडकमा साइकलबाट लडेका नौगाड गाउँपालिका–२ दल्लेखका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो ।
टाउँकोमा गम्भीर चोट लागेका डडालको दिउँसो पौने चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । साइकलबाट खसेका डोबालको प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?