भारतको पागंला महोत्सवमा ब्याँसको गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन

भारतको पागंला महोत्सवमा ब्याँसको गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन


दार्चुला : भारतको पांगला महोत्सवमा दार्चुला ब्याँस गाउँपालिकाको जय गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गत ग्रामसभा पांगलामा आयोजना गरिएको महोत्सवमा नेपालकोतर्फबाट सहभागिता जनाएको ब्याँस गाउँपालिका–४ सुन्सेराको जय गोरखनाथ सचेतना समाजले स्थानीय बाजागाजासहित झाँकी प्रदर्शन गरेको हो ।

बुधवार स्थानीय पहिरनमा सजिएका महिलाहरुले देउडा खेल खेल्दै आफ्नो साँस्कृतिक झाँकी प्रदर्शन गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुँवरले जानकारी दिए । यहाँ वारि नेपाल र पारी भारतका गाउँहरुबीच साँस्कृतिक, सामाजिक र पारिवारिक सम्बन्ध छ ।

भारतको पाङ्ला गाउँमा बस्ने विष्ट जाति र नेपालको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटमा बस्ने विष्ट एकै परिवार हुन् । यस्तै पाङ्लामा बस्ने बडाल जाति र नेपालको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला बस्ने बडाल एकै परिवारको बासिन्दा रहेको स्थानीय आयुस कुवरले बताए । ब्याँसको हुती, धौलाकोट, सुन्सेरा, डोकट, चुकपानी र माल गाउँको पाङ्ला गाउँसित वैवाहिक सम्बन्ध समेत छ ।

दुई देशको आपसी सद्भाव कायम गर्न र सीमा क्षेत्रका नागरिक बीच मैत्रीपू्र्ण सम्बन्ध प्रगाढ बनाउन एक अर्काको संस्कृति आदानप्रदान गर्न छिमेकी देश नेपालको ब्याँस गाउँपालिका–४ सुन्सेरालाई आयोजकले निमन्त्रणा गरेको जय गोरखनाथ सचेतना समाज सुन्सेराका सूचना अधिकारी आयुस कँुवर बताए ।

२८ अक्टोवरबाट सञ्चालन भएको पांगला महोत्सवमा भारतीय क्षेत्रका विभिन्न कलाकार तथा नेपालका सुदूरपश्चिमेली कलाकारको प्रस्तुती रहने जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *